यूनाइटेड अजोड इन्स्योरेन्सको सेयर रजिस्ट्रारको काम नबिल इन्भेष्टमेन्ट बैकिङले गर्ने « Arthapath.com
२९ जेष्ठ २०८०, सोमबार

यूनाइटेड अजोड इन्स्योरेन्सको सेयर रजिस्ट्रारको काम नबिल इन्भेष्टमेन्ट बैकिङले गर्ने



काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले यूनाइटेड अजोड इन्स्योरेन्सको सेयर रजिस्ट्रारको कार्य गर्ने भएको छ । कम्पनीले सेयर रजिस्ट्रार सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेको हो ।

यूनाइटेड इन्स्योरेन्स कम्पनी र अजोड इन्स्योरेन्स कम्पनीले गत जेठ १४ गते आइतबारबाट यूनाइटेड अजोड इन्स्योरेन्सको नामबाट एकिकृत कारोबार शुभारम्भ गरेका थिए ।

यस सगै अब कम्पनिको धितोपत्र कारोबार सम्बन्धी अभिलेख, सेयर दाखिल खारेज, नामसारी लगत अद्यावधिक लगायतका सम्पूर्ण कार्य नबिल इन्भेष्टमेन्ट बैकिङ लिमिटेड नारायण चौर नक्सालबाट हुनेछ ।


प्रतिक्रिया दिनुहोस्