आइएमई लाइफ इन्स्योरेन्सद्धारा सम्पति शुद्धिकरण सम्बन्धी तालिम सम्पन्न « Arthapath.com
८ श्रावण २०८०, सोमबार

आइएमई लाइफ इन्स्योरेन्सद्धारा सम्पति शुद्धिकरण सम्बन्धी तालिम सम्पन्न



काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एक दिने सम्पति शुद्घिकरण सम्बन्धी तालिम सम्पन्न गरेको छ ।

कम्पनीले आफ्ना नेपाल भरका क्षेत्रिय, शाखा, उपशाखा कार्यालयका प्रमुखहरुको लागि सम्पति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तिय लगानी निवारण सम्बन्धि एक दिने तालिम साउन ६ गते भैरहवा स्थित होटल शिद्घार्थ भिलासामा सम्पन्न गरेको हो । कम्पनीका करिव १३० जना कर्मचारीहरुलाई नेपाल बीमा प्राधिकरणका उप—निर्देशक हृदयश्वर पण्डितले तालिम प्रदान गरेका थिए ।

उक्त तालिममा सम्पत्ति शुद्धीकरणको परिभाषा, कानूनी संरचना, सम्पत्ति शुद्धीकरण निवारण किन गर्ने, सम्पत्ति शुद्धीकरणको लक्ष्य, आतंककारी कार्यबाट संकलित कालो धनलाई बीमा क्षेत्रको माध्यमले सेतो धन कसरी बनाइन्छ, खास कारोबारमा विशेष ध्यान दिनुपर्ने, वित्तीय जोखिमाङ्कनको चरण, कम्पनीको भूमिका, कारबाही तथा सजाय आदि विषयमा तालिमको मुख्य आकर्षण रहेको थियो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाल, प्रमुख सञ्चालन अधिकृत दिनेश अमात्य सहित केन्द्रिय कार्यालयका सम्पुर्ण विभागिय प्रमुखको समेत तालिममा सहभागी रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्