शिखर इन्स्योरेन्सको नयाँ योजना: अब ‘साईलेज’को पनि बीमा हुने, के हो ‘साइलेज’ बीमा ? « Arthapath.com
१८ श्रावण २०८०, बिहीबार

शिखर इन्स्योरेन्सको नयाँ योजना: अब ‘साईलेज’को पनि बीमा हुने, के हो ‘साइलेज’ बीमा ?



काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले अब साईलेजको पनि बीमा गर्ने भएको छ । शिखरले नेपालमा साईलेज बनाउन मिल्ने बाली र बालीबाट साईलेजको उत्पादनको बीमालेख सुरु गरेको हो ।

हरियो घाँसबाट पोषक तत्व र घाँसको मौलिक गुणहरू नष्ट नहुने गरी धेरै समयसम्म भण्डारण गरी हिउदमा वा कृषकको आवश्यकता अनुसार प्रयोग गर्ने हेतुको साथ हावा नछिर्ने गरी प्याकेजिङ्ग गरी राखीएको पशु आहारालाई साईलेज भनिन्छ ।

साईलेजको गुण धेरै र मुल्य पनि कम भएको कारण कृषि लागत कम गर्ने हेतुका साथ नेपालमा साईलेजको सम्भावना र माग समेत धेरै छ । हाल नेपालबाट उत्पादन र प्याकेजीङ्ग गरी अन्तराष्टिय बजार समेत बनाउन सकेको साईलेजको अब बीमा गर्न सकिने भएको छ ।

साईलेज बीमाले साईलेज बनाउन लगाईने बालीको लागत मुल्यको आधारमा सुरक्षण गर्दछ भने कृषकले सिलो झोला, सिलो पिट वा ड्रम जस्तो बिधिबाट भण्डारण गरी साईलेज बनाउने प्रकृया सुरू गरे पश्चयात सो भण्डारणको समेत बीमा गर्न मिल्ने व्यवस्था गरीएको छ ।

नेपाली माटोको उत्पादन सुरक्षण गर्ने र नेपालीको जोखिम पहिचान गर्दै आवश्यकता अनुसारको बीमालेखहरू बजारमा ल्याउने शिखर इन्स्योरेन्सका रिसर्च एण्ड डेभलपमेन्ट विभागका प्रमुख महाप्रबन्धक उदित प्रसाद काफ्ले बताए । उनले भने,– नेपालको माटोको उत्पादन सुरक्षण र नेपालीको जोखिम पहिचान गर्दै आवश्यकताका आधारमा बीमालेख बजारमा ल्याउने छौं । सोही उदेश्य बमोजिम नै शिखरले साईलेज बाली बीमालेख सुरू गरेको हो ।’

नेपाल सरकारले प्रशोधित घाँसको व्यावसायिक उत्पादन र निर्यातका लागि बाटो खुला गरिदिए पनि घाँस उत्पादकहरूले भने निर्यात गर्न पर्याप्त घाँस नभएको कम्पनीका बजार विभागका बरिष्ठ महाप्रबन्धक पुष्कर महतले बताए । उनले भने,–‘हाललाई नेपाल बीमा प्राधिकरणबाट स्वीकृत यस बीमालेखले साईलेज उत्पादकको जोखिमहरूको पहिचान गरी कृषकलाई निर्धक्क रूपमा घाँसखेतीमा लगानी गर्न प्रोत्साहन बद्ने हामीले बिश्वास लिएका छौ ।’

कृषि बीमा र दावी भुक्तानीमा शिखर इन्स्योरेन्स उत्कृष्ट कम्पनी सावित भएको छ । नेपालमा कृषि बीमामा विकास र कम्पनीबाट जारी बीमालेखको बमोजिम परेका दावी, दावीको व्यवस्थापन र फर्छौट गरेको आधारमा कम्पनी उत्कृष्ट कलिएको हो ।

नेपाल सरकार कृषि विभाग र विश्व खाद्य संघठनले ४२ औं विश्व खाद्य दिवसको अवसरमा कृषि बीमा र दाबी फर्छ्यौट गर्ने उत्कृष्ट बीमा कम्पनीको रुपमा शिखर इन्स्योरेन्सलाई सम्मान समेत गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस्