कार्यकाल सकिन एक वर्ष अघि नै बाहिरिए निफ्राको सिईओ खतिवडा « Arthapath.com
२ माघ २०८०, मंगलवार

कार्यकाल सकिन एक वर्ष अघि नै बाहिरिए निफ्राको सिईओ खतिवडा



काठमाडौँ । नेपाल इन्फ्रास्ट्रक्चर बैङ्क (निफ्रा)का प्रमुख कार्यकारी अधिकृत ((सीईओ) रामकृष्ण खतिवडाले पदबाट राजीनामा दिएका छन् ।

उनी कार्यकाल सकिन एक वर्षअघि नै राजीनामा दिएका हुन् । उनी  २०७७ माघ १ गते खुल्ला प्रतिस्पर्धाबाट बैङ्कको सिईओ बनेको थिए । उनी चार वर्षका लागि निफ्राको सिईओमा नियुक्ति भएका थिए । तर, कार्यकाल अझै एक वर्ष बाँकी हुँदाहुँदै पनि खतिवडाले राजीनामा दिएका हुन् । 

बैङ्कको सञ्चालक समितिको बैठकले पनि उनको राजीनामा १ माघदेखि लागु हुने गरी स्वीकृत गरेको छ । खतिवडाले राजीनामा दिएसँगै बैङ्कका नायव महाप्रबन्धक सूर्यबहादुर तामाङलाई निमित्त सिइओको जिम्मेवारी दिएको छ । 


प्रतिक्रिया दिनुहोस्