सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको अध्यक्षमा रतनलाल केडिया नियुक्त « Arthapath.com
१५ माघ २०८०, सोमबार

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको अध्यक्षमा रतनलाल केडिया नियुक्त



काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको छैठौं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ ।

सधारणसभाले सञ्चालकहरु रतनलाल केडिया, कुमारप्रसाद कोइराला, भरत कुमार तोदी, डा. सुवर्ण दास श्रेष्ठ, केशव राज के.सी. निर्विरोध निर्वाचित गरेको हो ।

सभाले निर्वाचित सञ्चालक समितिको पहिलो बैठकले रतन लाल केडियालाईे अध्यक्षमा नियुक्त गरेको छ ।

नवनिर्वाचित अध्यक्ष केडियाले नियामक निकाय नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल समक्ष पद तथा गोपनियताको शपथ लिएका छन् । केडियाले अध्यक्षको पदभार ग्रहण गर्नुका साथै अन्य सञ्चालकहरुलाई पद तथा गोपनियताको शपथ गराएका छन् ।


प्रतिक्रिया दिनुहोस्