महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा दिपेश लम्साल नियुक्त « Arthapath.com
२४ माघ २०८०, बुधबार

महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा दिपेश लम्साल नियुक्त



काठमाडौं । महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा दिपेश लम्साल नियुक्त भएका छन् । माघ २३ मा बसेको कम्पनीको सञ्चालक समिति बैठकले लम्साललाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।

उनी यसअघि बैंककोे वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डेपुटी सीईओ) पदमा कार्यरत थिए । तीन साताअघि तत्कालिन सीईओ बोधराज देवकोटाले राजिनामा दिएपछि लम्साल निमित्त प्रमुख कार्यकारी अधिकृतको भुमिकामा रहँदै आएका थिए ।

लम्साललाई बैंकको कार्यकारी प्रमुखका रुपमा बुधबार नै दरबारमार्ग स्थित केन्द्रिय कार्यालयमा स्वागत गरिएको छ । कार्यव्रmममा नवनियुक्त सीईओ लम्सालले ‘बैंकप्रतिको जनविश्वास एवम् निष्ठा कायम राख्दै गुणस्तरीय सेवा प्रदान गर्न सदा तत्पर रहने’ प्रतिबद्घता जनाएको बैंकद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

सीईओ लम्सालले बैंकको लक्ष्य र उद्देश्य प्राप्तिका लागि सम्पूर्ण कर्मचारीलाई प्रयत्नशिल रहन समेत आग्रह गरेका छन् ।

विगत १५ वर्षदेखि महालक्ष्मी बिकास बैंकमा कार्यरत लम्सालसँग विभिन्न वाणिज्य बैंक तथा विकास बैंकमा गरी करिब २८ बर्षको बैकिङ्ग अनुभव रहेको छ ।


प्रतिक्रिया दिनुहोस्