लगानी बोर्डको सीईओमा ज्ञवालीले मारे बाजी
काठमाडौं । लगानी बोर्डको नयाँ प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुशील ज्ञवाली बनेका छन् । सरकारले ज्ञवालीलाई बोर्डका सीइओमा नियुक्ति गरेको हो ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले उनलाई सीईओ नियुक्त गरेको हो । एक मन्त्रीले अर्थपथसँग भने,‘लगानी बोर्डको सीइओमा सुशील ज्ञवालीलाइ नियुक्ति गर्ने निर्णय भएको छ । सर्ट लिस्टमा परेका मध्ये ३ जनको नाममध्ये ज्ञवालीलाई सीइओ बनाउने मन्त्रिपरिषदको बैठकले निर्णय गरेको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले गत साउन १७ गते सीईओका लागि आवेदन माग गरेको थियो । आवेदन दिएका मध्ये सुशील ज्ञवाली, घुराज काफ्ले, भीष्मराज ढुंगाना, रामदेव यादव र विष्णुप्रसाद भट्टराईको नाम सर्ट लिस्ट (संक्षिप्त सूची) परेको थियो । सर्ट लिस्टमा परेका मध्ये ३ जनाको नाम मन्त्रिपरिषदमा सिफारिस भएको थियो । उनीहरुमध्य बिहीबार ज्ञवालीलाई सीइओ बनाउने सरकारले निर्णय गरेको हो ।