मितेरी डेभलपमेन्ट बैंकको सीईओमा चापागाँई
काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनन्त चापागाँई नियुक्त भएका छन् । बैंकको मङ्सिर १५ गते बसेको सञ्चालक समितिको बैठकले चापागाँई सीईओमा नियुक्त गरेको हो ।
उनलाई माघ १ गतेबाट लागु हुने गरी आगामी ४ वर्ष अवधिको सीईओमा नियुक्त गरिएको बैंकले जनाएको छ ।
नबिल बैंकबाट करिअर सुरु गरेका चापागाईंसँग ३३ वर्षको बैंकिङ अनुभव छ । हाल उनी प्राइम कमर्शियल बैंकका कार्यवाहक उपमहाप्रबन्धक हुन् ।