ग्रीन डेभलपमेन्ट बैंकको सीइओमा दोहोरिए बुढाथोकि

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा हरि बहादुर बुढाथोकि नियुक्ति भएका छन् ।
फागुन २७ गते बसेको संचालक समितिको बैठकले बुढाथोकिलाई दोस्रो पटक सीइओमा नियुक्ति गरेको हो । उनको पहिलो कार्यकाल फागुन मसान्तसम्म रहेको थियो ।
तर, मंगलबार बसेको संचालक समितिको बैठकले आगामी चैत १ गतेदेखि लागू हुने गरि दोस्रो पटक सीइओमा नियुक्ति गरेको छ । उनको कार्यकाल आगामी ४ वर्षको हुनेछ ।