मेरो माइक्रोफाइनान्सद्वरा नवनियुक्त कर्मचारीलाई तालिम « Arthapath.com
३ चैत्र २०७६, सोमबार

मेरो माइक्रोफाइनान्सद्वरा नवनियुक्त कर्मचारीलाई तालिम



काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले ३३ जना नव नियुक्त कर्मचारीहरुलाई लघुवित्त सम्बन्धी आधारभूत तथा ब्यवस्थापन तालिम सम्पन्न गरेको छ ।

कर्मचारीहरुलाई कार्यगत तथा जिम्मेवारी दिई कार्यक्षेत्रमा पठाउनु अघि सहजीकरण गराउने तथा नीति नियमका साथै कार्यप्रकृयाका बारेमा जानकारी गराउने उद्देश्यले आयोजना गरिएको संस्थाले जनाएको छ ।

तालिम समापन समारोहलाई सम्बोधन गर्नुहुदै संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले संस्थाको बारेमा जानकारी दिनु हुँदै संस्थामा संलग्न भइसकेपछि कर्मचारीहरुले आफ्नो पेशाप्रति इमान्दारी, अनुसाशित, ब्यवहारीक रहि नतिजामुखी कार्य गर्दै कार्यक्षेत्रमा जानुपर्ने बताउनुभयो । उहाले देशका दुर्गम तथा बिपन्न वर्गहरुमा वित्तीय साक्षरता पहुँचमा बृद्धि र बिस्तारका लागि संस्थाले ब्यवसायिक टेवा पुर्याएको उल्लेख गर्नुभयो ।

समापन कार्यक्रममा संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत नबराज दाहाल, मानव संसाधन बिभागका प्रमुख कृष्ण प्रसाद गैह्रे, अनुगमन तथा सुपरिवेक्षण बिभाग प्रमुख पुष्कर घिमिरे, योजना तथा कार्यक्रम बिभाग प्रमुख उमेश मान डंगोल , रामकुमार सुबेदी लगायत कर्पोरेट कार्यालयका कर्मचारीहरको सहभागीता रहेको थियो ।

नुवाकोटको बट्टारमा कर्पोरेट कार्यालय रहि गरी ६१ जिल्लामा १२० शाखा कार्यालय मार्फत १ लाख ९ हजार विपन्न घर परिवारहरुलाई लघुवित्तीय सेवा प्रदान गरिरहेको ।


प्रतिक्रिया दिनुहोस्