सूर्योदय लघुवित्तको नाफामा १४९ प्रतिशतले बृद्धि, अन्य सूचक कस्ता ? « Arthapath.com
१९ श्रावण २०७८, मंगलवार

सूर्योदय लघुवित्तको नाफामा १४९ प्रतिशतले बृद्धि, अन्य सूचक कस्ता ?



काठमाडौं । सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा १४८.७४ प्रतिशतले बढेर १० करोड ५६ लाख ५ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा खुद नाफा ४ करोड २४ लाख ५६ हजार रुपैयाँ आर्जन गरेको थियो ।

गत असार मसान्तसम्म लघुवित्तको खुद ब्याज आम्दानी ४५.३१ प्रतिशत बढेर २९ करोड १७ लाख ४८ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २० करोड ७ लाख ७१ अजार रुपैयाँ आर्जन गरेको थियो ।

समिक्षा अवधिसम्म लघुवित्तको सञ्चालन मुनाफा ८ करोड ३७ लाख ३५ हजार रुपैयाँ ऋणात्मक रहेको छ । लघुवित्तले सम्भावित जोखिम बापतको व्यवस्थामा २५ करोड ५४ लाख ९९ हजार रुपैयाँ छुट्याएको छ भने २५ करोड १३ लाख ६२ हजार रुपैयाँ खराब कर्जा उठाएको छ ।

लघुवित्तको चुक्ता पूँजी १५.३५ बढेर २४ करोड ८० लाख ४२ हजार रुपैयाँ, जगेडा कोष ५८.१६ प्रतिशत बढेर १८ करोड ३१ लख ६७ हजार रुपैयाँ, सापटी ३७.७९ प्रतिशत बढेर २ अर्ब ३२ करोड ९६ लाख ९९ हजार रुपैयाँ, निक्षेप २४.३३ प्रतिशत बढेर १ अर्ब ३७ करोड ३९ लाख ९४ हजार रुपैयाँ र कर्जा ३७.७८ प्रतिशत बढेर ३ अर्ब ६२ करोड २७ लाख ७१ हजार रुपैयाँ रहेको छ ।

लघुवित्तको प्रतिशेयर आम्दानी अर्थात ईपीएस २२ रुपैयाँ ८३ पैसा बढेर ४२ रुपैयाँ ५८ पैसा छ । लघुवित्तको मूल्य आम्दानी अनुपात ४०.६३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १७३ रुपैयाँ ८५ पैसा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्