सिजी ल्यान्डमार्क मलद्धारा लक्की ड्रका विजेता घोषणा « Arthapath.com
९ मंसिर २०७८, बिहीबार

सिजी ल्यान्डमार्क मलद्धारा लक्की ड्रका विजेता घोषणा



काठमाडौं । चितवनको भरतपुरमा ‘सहरभित्रको सहर’ अवधारणामा सञ्चालित सपिङ कम्प्लेक्स सिजी ल्यान्डमार्कले चाडपर्वको अवसर पारेर ल्याएको उपभोक्तामुखी प्रवद्र्धन योजनाको उपहार विजेता घोषणा गरेको छ ।

उक्त योजनाको सबैभन्दा ठूलो उपहार यामाहाको एफजेड मोटरसाइकल कुपन नं. ११९३ का ब्रिजराज लामिछानेले जितेका छन् । कुपन नं. ४९३ का सोनल ओलीले फ्रिज र कुपन नं. ५६४१ की प्रियंका सुवेदीले वासिङ मेसिन जितेकी छिन् । कुपन नं. ५२०० का रबिन श्रेष्ठले एलइडी टिभी तथा कुपन नं. ११६५ लोकेश ओली र ५६८४ का मिनबहादुर साउदले मोबाइल जितेका छन् । भ्याकुम क्लिनर कुपन नं. ४७६ का चन्द्र श्रेष्ठलाई परेको छ ।

अन्य उपहारमा सोमराज लामिछाने (कुपन नं. ७५५) ले आइरन, लोकप्रसाद (कुपन नं. ५०७३)ले मिक्स्चर र अमृत राउत (कुपन नं. ५१७७)ले साइकल जितेका छन् । त्यसैगरी, कुपन नं. ४९६ का सबिन गुरुङले फ्यान जिते । सु्नको सिक्का मनु जिसीले जितेको कम्पनीले जनाएको छ ।

भ्याकेसन प्याकेज निशान खनाल (कुपन नं. ५८२३), अन्जना श्रेष्ठ (कुपन नं. ५८२४), निशान खनाल (कुपन नं. ५८२२) र होमनाथ अधिकारी (कुपन नं. ८९४)ले जितेका छन् । सिजी ल्यान्डमार्कले २०७८ को दसैं, तिहार र छठ पर्वको अवसर पारेर हरेक एक हजार रुपैयाँभन्दा माथिको खरिदमा ग्राहकलाई निःशुल्क लक्की ड्र कुपन बाँडेको थियो । ती कुपनहरुलाई समावेश गरी गोला प्रथाबाट विजेता चयन गरिएको हो ।


प्रतिक्रिया दिनुहोस्