धितोपत्र बोर्डको कानुनी खर्च आठ गुणाले बढ्यो: छुट्याइएको बजेट १४ लाख, खर्च करोड माथि « Arthapath.com
१२ जेष्ठ २०८०, शुक्रबार

धितोपत्र बोर्डको कानुनी खर्च आठ गुणाले बढ्यो: छुट्याइएको बजेट १४ लाख, खर्च करोड माथि



काठमाडौं । नेपाल धितोपत्र बोर्डको कानुनी खर्च आठ गुणाले वृद्धि भएको छ । बोर्डमा कानुनी काम कारवाहीका लागि छुट्याईएको रकम भन्दा खर्च उच्च वृद्धि भएको हो ।

हाल बोर्डको खर्च १ करोड नाघेको छ । कानुनी बोर्डले यो वर्ष कानुनी खर्चमा कुल १४ लाख रुपैयाँ बजेट छुट्याएको थियो । तर, खर्च भने १ करोड माथि पुगेको बोर्डले जनाएको छ ।

बोर्डविरुद्ध विभिन्न निकाय मुद्दा धेरै परेकाले खर्च बढेको हो । यस वर्ष बोर्डले नयाँ स्टक एक्सचेञ्ज, नयाँ ब्रोकर लाइसेन्स र कमोडिटी मार्केटको लाइसेन्स गर्ने योजना सहित काम अघि बढाएको थियो । तर, सो प्रक्रिया अघि बढाउँदा बोर्ड विरुद्ध विभिन्न चरण १०० भन्दा बढी मुद्दा परेको छ । जसले कानुनी प्रक्रिया खर्च बढेको हो । बोर्डले अघि बढाएको नयाँ स्टक एक्सचेञ्ज, नयाँ ब्रोकर कम्पनी र कमोटिडीज मार्केटको लाइसेन्स वितरण रोक्न अख्तियारदेखि अदालतसम्मको मुद्दा परेका छन् । बोर्डको कानुनी झमेला बढेपछि खर्च पनि वृद्धि भएको हो ।

बोर्डका अध्यक्ष हमालले भने,– ‘यस वर्ष बोर्डको खर्च बढी भएको छ । हामीले कानुनी खर्चका लागि १४ लाख रुपैयाँ छुट्याएका थियौं । तर, यस वर्ष १ करोड भन्दा बढी खर्च हुन् पुग्यो ।’

सरकारले हालका नयाँ स्टकएक्सचेञ्जका लागि लाइसेन्स वितरण प्रक्रिया रोक्ने प्रक्रिया रोकेको छ । थप अध्ययन आवश्यक रहेको भन्दै लाइसेन्स वितरण प्रक्रिया रोकेको हो ।

नयाँ स्टक एक्सचेञ्जका लागि लाइसेन्स वितरण प्रक्रियामा यसअघि सर्वोच्च अदालतमा मुद्दा परेको थियो । मुद्दापरेपछि सो प्रक्रिया तत्कालका लािग रोकिएको थियो।


प्रतिक्रिया दिनुहोस्