चुक्ता पूँजी वृद्धिले कम्पनी थप जोखिम बहन गर्न सक्षम हुन्छः अध्यक्ष भट्टराई « Arthapath.com
१९ आश्विन २०८०, शुक्रबार

चुक्ता पूँजी वृद्धिले कम्पनी थप जोखिम बहन गर्न सक्षम हुन्छः अध्यक्ष भट्टराई



काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीका अध्यक्ष रोहित कुमार भट्टराईले चुक्ता पुजि वृद्धिले कम्पनीको जोखिम धारणा क्षमता पनि बढ्ने बताए । शुक्रबार कम्पनीको विशेष साधारणसभामा बोल्दै अध्यक्ष भट्टराईले यस्तो बताएका हुन ।

उनले चुक्ता पूंजी वृद्धि पश्चात कम्पनीको जोखिम धारण क्षमता वृद्धि भै कम्पनी थप जोखिम बहन गर्न सक्षम हुने बताए ।

उनले भने ,’हाल कायम चुक्ता पूँजीको २५ प्रतिशतसम्म हकप्रद शेयर जारी गर्न सैद्धान्तिक स्वीकृति प्राप्त भएको छ । कम्पनीको चुक्ता पूंजी वृद्धि पश्चात कम्पनीको जोखिम धारण क्षमता वृद्धि हुन्छ । यसले कम्पनी थप जोखिम बहन गर्न सक्षम हुनेछ ।’


प्रतिक्रिया दिनुहोस्