एनआइसी एशिया लघुवित्तका ऋणीलाई ब्याज र अन्य छुट दिने « Arthapath.com
२७ चैत्र २०८०, मंगलवार

एनआइसी एशिया लघुवित्तका ऋणीलाई ब्याज र अन्य छुट दिने



काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले ऋणी सदस्य तथा कर्जा ग्राहकलाई ब्याज तथा छुट दिने भएको छ ।
आफ्ना ऋणी तथा ग्राहकलाई परेको असरलाई न्यूनीकरण गर्न ब्याज तथा अन्य छुट दिने भएको हो ।

प्रचलित नियमनकारी व्यवस्था अनुसार फागुन मसान्तमा निष्क्रिय कर्जाको रुपमा वर्गीकरण भएका कर्जा सम्बन्धित ऋणीले सम्पूर्ण कर्जा चैत मसान्तसम्म पूर्ण रुपमा भुक्तानी गरेमा उक्त छुट दिने भएको छ।

कम्पनीका अनुसार यस्तो कर्जा चैत मसान्त भित्र पूर्ण रुपमा चुक्ता भुक्तान गरेमा भुक्तान गर्ने मितिसम्म लाग्ने जरिवाना तथा हर्जाना रकममा शत प्रतिशत छुट र ब्याज रकममा समेत छुट दिने भएको हो ।

कमसल कर्जा (९० दिन भन्दा माथि १८० दिनसम्मले भाखा नाघेको) मा १० प्रतिशत, शंकास्पद कर्जा (१८० दिन भन्दा माथि ३६५ दिनसम्मले भाखा नाघेको) मा १५ प्रतिशत र खराब कर्जा (३६५ दिन भन्दा बढीले भाखा नाघेको) मा २० प्रतिशत छुट दिने कम्पनीले जनाएको छ ।

लघुवित्तले ६ वर्ष भन्दा बढि अवधिदेखी ७४ जिल्लाको ५६० भन्दा बढी स्थानीय तहमा कार्यक्षेत्र रही २८७ शाखा सञ्जाल विस्तार गरी लघुवित्त कार्यक्रम संचालन गदै आईरहेको छ ।

हाल २ लाख ११ हजार भन्दा बढि सदस्यहरु मध्ये ९० प्रतिशत भन्दा बढि महिला सदस्यहरुको जीवनस्तर उकास्नका लागि १६ अर्ब भन्दा बढि कर्जा प्रवाह गरेको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्