दोस्रो कार्यकालका लागि माछापुच्छ्रे बैंकको सिइओ बने कोइराला « Arthapath.com
३० चैत्र २०८०, शुक्रबार

दोस्रो कार्यकालका लागि माछापुच्छ्रे बैंकको सिइओ बने कोइराला



काठमाडौं । माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा दोस्रो कार्यकालका लागि सन्तोष कोइराला नियुक्त भएका छन् । उनको कार्यकाल भोलि अर्थात् २०८१ बैशाख १ गतेदेखि लागू हुनेछ ।

गत पुस ५ गते बसेको संचालक समितिको बैठकले दोस्रो कार्यकालका लागि कोइरालालाई सिइओ बनाउने निर्णय गरेको थियो । उनको पहिलो कार्यकाल आज अर्थात् चैत ३० गते सकिँदैछ । तर, अब थप ४ वर्षका लागि सिईओका भुमिकामा रहनेछन् ।

साढे २ दशक भन्दा लामो अनुभव बटुली सकेका सिइओ कोइराला आफ्नो करियरको छोटो समयमा नै उल्लेख्य प्रगति हासिल गर्न सफल बैंकरको रुपमा चिनिन्छन् ।

पहिलो कार्याकालमा माछापुच्छ्रे बैंक सुचाकांकमा उल्लेख्य सुधार गर्दै डिजिटल प्रविधिमा फड्को मार्नुका साथै, संस्थागत सुशासनमा अव्वल सावित हुन सफल भएको छ ।

उनले त्रिभुवन विश्व विद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर गरेका छन् । यसका साथै नेदरल्यान्डको कलेजबाट ‘एड्भान्स म्यानेजमेन्ट एण्ड लिडरसिप प्रोग्राम’मा डिप्लोमा पनि गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्