राष्ट्रिय वाणिज्य बैंकको सीईओका लागि आवेदन खुल्यो, क–कसले दिन पाउँछन् आवेदन ? « Arthapath.com
७ बैशाख २०८१, शुक्रबार

राष्ट्रिय वाणिज्य बैंकको सीईओका लागि आवेदन खुल्यो, क–कसले दिन पाउँछन् आवेदन ?



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्ति प्रक्रिया अघि बढेको छ । बैंकले सिइओ पदका लागि आवेदन खुलाएको छ ।

बैंकको सिइओ किरण कुमार श्रेष्ठको कार्यकाल चैत २८ गते सकिएको छ । उनले दुई कार्यकाल बैंकमा बिताएका छन्। उनको कार्यकाल सकिएपछि नयाँ सिइओ नियुक्तिका लागि आवेदन खुला गरेको हो ।

योग्यता पुगेका इच्छुक व्यक्तिहरुले आजैका मितिले २१ दिनभित्र आवेदन दिन सक्नेछन् । बैंकका अनुसार व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक, अर्थशास्त्र, लेखा, गणित, प्रशासन तथा कानून विषयमा स्नातकोत्तर उपाधि हासिल गरेका व्यक्तिले आवेदन दिन सक्ने छन् ।

यस्तै, चार्टर्ड एकाउण्टेन्सी वा व्यवस्थापन, बैंकिङ्ग, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, तथ्याङ्कशास्त्र, लेखाशास्त्र, गणित, व्यापार प्रशासन वा कानून विषयमा स्नातक उपाधि हासिल गरी बैंकिङ्ग तथा वित्तीय क्षेत्र, सरकारी निकाय, संगठित संस्था, विश्वविद्यालय वा त्यस्तो कार्य गर्ने अन्तर्राष्ट्रिय संघ वा संस्थाको अधिकृत तह वा सो भन्दा माथिको पदमा कम्तीमा दश वर्षको कार्य अनुभव गरेको हुनुपर्नेछ ।
उम्मेदवारले दरखास्त पेश गर्दा दरखास्त फारम, शैक्षिक योग्यता, कार्य अनुभव पुष्ट्याई गर्ने कागजात, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, इमेल, टेलिफोन, मोबाइल नम्बर, घर र÷वा कार्यालयको ठेगाना सहितको विस्तृत वैयक्तिक विवरण (द्यष्य–म्बतब) को प्रत्येक पानाको अन्तमा उम्मेदवारले दस्तखत गरी दुई प्रति पासपोर्ट साईजको फोटो सहित छुट्टै खाममा सिलबन्दी गरी पेश गर्नु पर्नेछ ।
उम्मेदवारले आफ्नो दरखास्त साथ व्यवसायिक कार्य योजना छुट्टै खाममा सिलबन्दी गरी पेश गर्नु पर्नेछ । सिलबन्दी व्यवसायिक योजनाको भित्री पृष्ठमा उम्मेदवारले पहिचान खुल्ने गरी नाम वा कुनै संकेत लेख्न पाइने छैन ।
उम्मेदवारले दरखास्त पेश गर्दा कुनै निकायमा सेवारत भएमा सेवारत निकायको विभागीय स्वीकृति संलग्न गर्नु पर्ने सूचनामा उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस्