कालिका लघुवित्तले सिइओ पदमा कर्मचारी माग, शैक्षिक योग्यता कति ? « Arthapath.com
१८ श्रावण २०८०, बिहीबार

कालिका लघुवित्तले सिइओ पदमा कर्मचारी माग, शैक्षिक योग्यता कति ?



काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले कार्यकारी अधिकृत (सिइओ) पदमा कर्मचारी माग गरेको हो ।

उक्त पदको लागि शैक्षिक योग्यतता मान्यताप्राप्त शैक्षिक संस्थाबाट व्यवस्थापन, बैकिङ्ग, वित्तीय, मौद्रिक अर्थशास्त्र लगायतका सम्बन्धित विषयमा स्नाकोत्तर तह उत्तिर्ण गरेको र विभिन्न बैंक तथा वित्तीय संस्थामा कार्य गरेको उम्मेदवरले आवेदन दिन सक्नेछन् ।

साथै, योग्यता पुगेको इच्छुक उम्मेदवरहरुले आवश्यक कागजात संकलन गरी साउन ३२ गतेसम्म कम्मपनीको इमेल [email protected] मार्फत आवेदन पेश गर्ने सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्