महिला लघुवित्तमा रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ? « Arthapath.com
२१ भाद्र २०८०, बिहीबार

महिला लघुवित्तमा रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?



काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै कनिष्ठ सहायक प्रशिक्षार्थी (तालिमे) मा केहि संख्यामा कर्मचारी मागेको हो ।

उक्त पदका आवेदन दिनको लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट एसईई परिक्षामा कम्तिमा १.६ जिपीए वा सो सरह परिक्षा उत्तिर्ण गरेको हुनुपर्नेछ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (भदौ २१ गते) ले १५ दिन भित्र आवेदन दिन सकिन्छ ।


प्रतिक्रिया दिनुहोस्