नेशनल हाइड्रोपावरको वार्षिक साधारण सभा असार ३१ गते हुने, गाभ्ने-गाभिने प्रस्ताव पारित गर्ने « Arthapath.com
२० असार २०७८, आईतवार

नेशनल हाइड्रोपावरको वार्षिक साधारण सभा असार ३१ गते हुने, गाभ्ने-गाभिने प्रस्ताव पारित गर्ने



काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले २४ औं वार्षिक साधारण बोलाएको छ । कम्पनीले असार ३१ गते काठमाण्डौ–१० विनायक नगरस्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा बिहान ११ बजे वार्षिक साधारणसभा बोलाएको हो । यसअघि कम्पनीको गत चैत २७ मा बोलाएको वार्षिक साधारणमा गणपूरक संख्या नपुगेपछि स्थगित भएको थियो ।

कम्पनीको सधभाले लोअर इर्खुवा हाइड्रोपावर कम्पनी लिमिटेडले आयोजना निर्माण गर्न लिएको ऋणमा कर्पोरेट ग्यारेन्टी दिने सम्बन्धमा गत फागुन २ गते कम्पनी सञ्चालक समितिको बैठकले गरेको निर्णय पारित गर्नेछ ।

त्यस्तै, अन्य हाइड्रोपावर कम्पनीसँग गाभ्ने, गाभिने वा प्राप्ति गर्ने सम्बन्धमा आवश्यक निर्णय गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । त्यस्तै, कम्पनीको सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षण प्रतिवेदन छलफल गरी पारित गर्नेछ ।

कम्पनीले वार्षिक साधारणसभा प्रयोजनका लागि गत चैत १३ गतेदेखि चैत २७ गतेसम्म बुक क्लोज गरिसकेको छ । त्यसैले चैत १२ गतेसम्म कायम सेयरधनीहरुमात्रै कम्पनीको वार्षिक साधारणसभामा भाग लिन पाउनेछन् ।


प्रतिक्रिया दिनुहोस्