यस्ता एजेण्डासहित ज्योति लाइफको साधारण सभा भोलि हुने « Arthapath.com
२५ कार्तिक २०७७, मंगलवार

यस्ता एजेण्डासहित ज्योति लाइफको साधारण सभा भोलि हुने



काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तेश्रो वार्षिक साधारण सभा कार्तिक २६ गते हुने भएको छ । कम्पनीको कार्तिक २ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार उक्त सभा कर्पोरेट कार्यालय, शान्ता प्लाजा, ज्ञानेश्वर, काठमाडौंमा बिहान ११ः३० बजेबाट सुरु हुने जनाइएको छ ।

सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७५÷०७६ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीको आर्थिक वर्ष २०७५÷०७६ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ ।


प्रतिक्रिया दिनुहोस्