प्राइम लाइफका सेयरधनीको खातामा नगद लाभांश जम्मा « Arthapath.com
७ माघ २०७७, बुधबार

प्राइम लाइफका सेयरधनीको खातामा नगद लाभांश जम्मा



काठमाडौं । प्राइम लाइफ इन्सुरेन्सले सेयरधनीको बैंक खातामा ८ प्रतिशत नगद लाभांश जम्मा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७५।०७६ को नाफाबाट वितरण गरेको नगद लाभांश खातामा जम्मा गरिएको हो ।

डिम्याट खाता र बैंक खाता अद्यावधिक गराएका सेयरधनीलाई मात्र नगद लाभांश जम्मा गरिएको कम्पनीले जनाएको छ । हालसम्म पनि सेयर भौतिक रुपमा राख्ने सेयरधनीलाई तत्काल डिम्याट गर्न कम्पनीले भनेको छ ।

प्राइम लाइफको पुस २७ गते सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०७५।०७६ को मुनाफाबाट ८ प्रतिशत नगद लाभांश र ७ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्