यूनियन लाइफको नाफा साढे ४२ प्रतिशत बढ्यो, खुद बीमाशुल्कमा उल्लेख्य सुधार « Arthapath.com
२ श्रावण २०८३, शनिबार

यूनियन लाइफको नाफा साढे ४२ प्रतिशत बढ्यो, खुद बीमाशुल्कमा उल्लेख्य सुधार



काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्सको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद बीमाशुल्क २२.५२ बढेर १ अर्ब ८३ करोड ७५ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ४९ करोड ३६ लाख ९६ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

समिक्षा अवधिमा कम्पनीको खुद नाफा ४२.५२ प्रतिशत बढेर ३ करोड ४४ लाख ७७ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीले २ करोड ४१ लाख ९१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

असोज मसान्तसम्म कम्पनीको चुक्ता पूँजी ४२.८६ प्रतिशत बढेर २ अर्ब १५ करोड रुपैयाँ, जगेडा कोष ५३.७६ प्रतिशत बढेर १ अर्ब १२ करोड ६२ लाख ८२ हजार रुपैयाँ, जीवन बीमा कोष ६७.५८ प्रतिशत बढेर ८ अर्ब ५८ करोड २० लाख ७७ हजार रुपैयाँ र महाविपत्ति कोष ५३.७६ प्रतिशत बढेर १२ करोड ५१ लाख ४२ हजार रुपैयाँ जम्मा रहेको छ ।

कम्पनीको कर्जा तथा बीमा पोलिशी धितो १०.८३ प्रतिशत बढेर ९० करोड ६९ लाख ७७ हजार रुपैयाँ र कम्पनीको आम्दानी १३८.३७ प्रतिशत बढेर ११ करोड २३ लाख ११ हजार रुपैयाँ रहेको छ ।

असोज मसान्तसम्म कम्पनीको लगानी, कर्जा तथा अन्य आमदानी ५२.५४ प्रतिशत बढेर १६ करोड ६७ लाख ७ हजार रुपैयाँ रहेको छ ।

समिक्षा अवधिसम्म कम्पनीको खुद दाबी भुक्तानी ६१.२९ प्रतिशत बढेर ६२ करोड ३ लाख ९१ हजार रुपैयाँ गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीले ३८ करोड ४६ लाख ५५ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।

असोज मसान्तसम्म कम्पनीको कूल बीमाशुल्क आर्जन २२.५३ प्रतिशत बढेर १ अर्ब ८९ करोड ६४ लाख ५१ हजार रुपैयाँ गरेको छ । त्यस्तै, कम्पनीको कूल दाबी भुक्तानी ७१ प्रतिशत बढेर ६५ करोड ७९ लाख १० हजार रुपैयाँ गरेको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी ६ रुपैयाँ ४१ पैसामा सिमित भएको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीको प्रतिशेयर आमदानी १८ रुपैयाँ ७१ पैसा थियो । त्यस्तै, प्रतिशेयर नेटवर्थ १५८ रुपैयाँ २१ पैसा र मुल्य आम्दानी अनुपात ९१.२ गुणा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्