सिद्धार्थ इन्स्योरेन्सको नाफा लगायत अन्य सूचक बढेपनि प्रतिशेयर आम्दानी घट्यो « Arthapath.com
२ श्रावण २०८३, शनिबार

सिद्धार्थ इन्स्योरेन्सको नाफा लगायत अन्य सूचक बढेपनि प्रतिशेयर आम्दानी घट्यो



काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीको चालु आर्थिक बर्षको पहिलो त्रैमासमा खुद नाफा ७.१५ प्रतिशत बढेर ५ करोड ४३ लाख ४४ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीले ५ करोड ७ लाख १८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिसम्म कम्पनीको खुद बीमाशुल्क २१.८१ प्रतिशत बढेर ३० करोड ५९ लाख ९४ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले २५ करोड ११ लाख ९९ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

असोज मसान्तसम्म कम्पनीको चुक्ता पूँजी १२ प्रतिशत बढेर १ अर्ब १२ करोड रुपैयाँ, जगेडा कोष ८.०९ प्रतिशत बढेर ३६ करोड ७५ लाख ६४ हजार रुपैयाँ, बीमा कोष १९.१० प्रतिशत बढेर १ अर्ब २ करोड ३३ लाख ६१ हजार रुपैयाँ र महाविपत्ती कोष २१ प्रतिशत घटेर ७ करोड ८२ लाख ९६ हजार रुपैयाँ सञ्चित छ ।

समिक्षा अवधिसम्म कम्पनीको २० रुपैयाँ २९ पैसा रहेकोमा घटेर १९ रुपैयाँ ४१ पैसामा सिमित भएको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ २३१ रुपैयाँ १८ पैसा र मूल्य आम्दानी अनुपात ४४.९३ गुणा रहेको छ ।

असोज मसान्तसम्म कम्पनको कूल बीमाशुल्क ६.२८ प्रतिशत बढेर ६९ करोड ९७ लाख ८० हजार रुपैयाँ रहेको छ । गत आर्थिक बर्षको सोही अवधिसम्म कम्पनीले ६५ करोड ८४ लाख ४९ हजार रुपैयाँ कूल बीमाशुल्क आर्जन गरेको थियो ।

चालु आर्थिक बर्षको ३ महिनाम कम्पनीको दाबी भुक्तानी ६.५५ प्रतिशत बढेर १३ करोड ९० लाख २८ हजार रुपैयाँ गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीले १३ करोड ४ लाख ८३ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।

यस अवधिमा कम्पनीले २ हजार ९३ वटा दाबी वापत २५ करोड ८२ लाख रुपैयाँ कूल दाबी भुक्तानी गरेको छ भने ९ हजार ९५२ वटा दाबी वापत १ अर्ब ६२ करोड २८ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।


प्रतिक्रिया दिनुहोस्