एशियन लाइफ,प्रिमियर र ग्रीन लाइफको सधारण सभा शुक्रबार हुदैँ « Arthapath.com
२० माघ २०७८, बिहीबार

एशियन लाइफ,प्रिमियर र ग्रीन लाइफको सधारण सभा शुक्रबार हुदैँ



काठमाडौं । तीन छुट्टाछुट्टै कम्पनीले शुक्रवार साधारण सभा आयोजना गरेका छन् । एशियन लाइफ इन्स्योरेन्स,प्रिमियर इन्स्योरेन्स कम्पनी र ग्रीन लाइफ हाइड्रोपावरले साधारण सभा आयोजना गरेका हुन । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले साधारण सभा माघ २१ गते शुक्रवार कम्पनीको प्रधान कार्यालय मैतीदेबीमा गर्ने जानकारी गराएको हो ।

सभाले आव २०७६/७७ को मुनाफाबाट शेयरधनीलाई २५ प्रतिशत बोनस शेयर र २ प्रतिशत नगद लाभांश कर सहित वितरण गर्ने प्रस्ताव पारीत गर्नेछ । साधारण सभा प्रयोजनको लागि माघ १२ गते बुक क्लोज गरिसकेको छ । यस आधारमा माघ ११ गते मंगलवार सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

त्यसैगरी प्रिमियर इन्स्योरेन्स कम्पनीले शुक्रवार प्रिमियर भवन काठमाडौंमा बिहान ११ बजे साधारण सभ ा शुरु गर्ने जानकारी गराएको हो । सभाले १४ दशलमव २५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारीत गर्नेछ । त्यसैगरी निर्जीवन बीमा ब्यवसाय गर्ने उपयुक्त कम्पनीसँग गाभ्ने गाभिने वा प्राप्ती गर्ने सम्बन्धी सम्पूर्ण अधिकार सञ्चालक समितीलाई प्राप्त गर्ने प्रस्ताव पनि पारीत गर्नेछ । कम्पनीले साधारण सभा प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका माघ ५ गते देखि २१ गते सम्म जानकारी गराएको छ ।

यस आधारमा माघ ४ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् । त्यसैगरी ग्रीन लाइफ हाइड्रोपावर कम्पनीले शुक्रवार आम्रपाली ब्याक्वेट काठमाडौंमा बिहान ११ बजे गर्ने जानकारी गराएको हो । सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारीत गर्ने र आव २०७८/७९ को लागि लेखोपरिक्षकको नियुक्ती र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पारीत गर्नेछ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले माघ ५ गते देखि २१ गते सम्म शेयरधनीदर्ता पुस्तिका बन्द गर्ने जानकारी दिएको छ । यस आधारमा माघ ४ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन पाउनेछन् । कोरोना सक्रमणका कारण साधारण सभा यी तिनै कम्पनीले भर्चुअल माध्यमबाट गर्ने जानकारी दिएका छन् ।


प्रतिक्रिया दिनुहोस्