इजोड इन्स्योरेन्सको खुद नाफा ९ करोड ४१ लाख, खुद बीमा शुल्क २१ प्रतिशतले वृद्धि हुदाँ प्रतिशेयर आम्दानी कति ? « Arthapath.com
२८ बैशाख २०७९, बुधबार

इजोड इन्स्योरेन्सको खुद नाफा ९ करोड ४१ लाख, खुद बीमा शुल्क २१ प्रतिशतले वृद्धि हुदाँ प्रतिशेयर आम्दानी कति ?



काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरको छ । सार्वजनिक विवरण अनुसार इन्स्योरेन्सको खुद नाफा ५४.०५ प्रतिशतले बढेर ९ करोड ४१ लाख ३८ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा इन्स्योरेन्सले ६ करोड ११ लाख ६ हजार रुपैयाँ आर्जन गरेको थियो ।

यस अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन रकम बढेको छ । गत आर्थिक वर्षमा २९ करोड ९० लाख ४ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको कम्पनीले यस आर्थिक वर्ष २०७८ र७९ को तेस्रो त्रैमाससम्ममा ३६ करोड ३१ लाख ८९ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन २१ दशमलव ४१ प्रतिशतले बढेको छ ।

चैत समान्तसम्मको अवधिमा इन्स्योरेन्सको खुद दाबी भुक्तानी २६.९० प्रतिशतले बढेर १८ करोड २१ लाख २८ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक १४ करोड ३५ लाख १८ हजार रुपैयाँ आर्जन गरेको थियो ।

चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा चुक्तापूँजी १ अर्ब रुपैयाँ, जगेडा कोष ८४.७७ प्रतिशतले बढेर १३ करोड ९५ लाख ३२ हजार रुपैयाँ, बीमा कोष ७१.३४ प्रतिशतले बढेर १५ करोड ९२ लाख २४ हजार रुपैयाँ र महाविपत्ती जगेडामा ५६.२५ प्रतिशतले बढेर १ करोड ३१ लाख १० हजार रुपैयाँ आर्जन गरेको छ ।

त्यस्तै, समिक्षा अवधिमा इन्स्योरेन्सको दीर्घकालीन लगानी तथा कर्जा २९०.०२ प्रतिशतले बढेर २१ करोड ५८ लाख ९२ हजा रुपैयाँ र अभिकर्ता कमिशन १० प्रतिशतले घटेर २ करोड ७९ लाख ७४ हजार रुपैयाँ, ब्यवस्थापन खर्च ३५.२८ प्रतिशतले बढेर १९ करोड ३७ लाख २ हजार रुपैयाँ रहेको छ ।

यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी १२ रुपैयाँ ५५ पैसा रहेको छ । प्रति शेयर नेटवर्थ १३१ रुपैयाँ १८ पैसा रहेको छ । पिइ अनुपात ५३.१५ गुणा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्