तेस्रो त्रैमासमा गुराँस लाइफ इन्स्योरेन्सको खुद नाफा १३ करोड, अन्य सूचांक कस्तो ? « Arthapath.com
२८ बैशाख २०७९, बुधबार

तेस्रो त्रैमासमा गुराँस लाइफ इन्स्योरेन्सको खुद नाफा १३ करोड, अन्य सूचांक कस्तो ?



काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार इन्स्योरेन्सको २६.१८ प्रतिशतले बढेर १३ करोड १६ लाख ४ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा इन्स्योरेन्सले १० करोड ४२ लाख ९३ हजार रुपैयाँ आर्जन गरेको थियो ।

चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा कम्पनीका खुद बीमा शुल्क २१.९९ प्रतिशतले घटेर २ अर्ब ३५ करोड ४९ लाख ७३ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा इन्स्योरेन्सले ३ अर्ब १ करोड ८८ लाख १३ हजार रुपैयाँ आर्जन गरेको थियो ।

चैत मसान्तसम्मको अवधिमा खुद दाबी भुक्तानी १६२.७२ प्रतिशतले बढेर १ अर्ब १६ करोड ६१ लाख ४८ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको खुद दाबी भुक्तानी ४४ करोड ३८ लाख ७३ हजार रुपैयाँमा सिमित रहेको छ ।
चालु आर्थिक वर्षको चैत मसान्तसम्मको अवधिमा इन्स्योरेन्सको चुक्तापूाजी २ अर्ब ८ करोड ४२ लाख ५० हजार रुपैयाँ, जगेडा कोषमा ४.८० प्रतिशतले बढेर ५४ करोड ८२ लाख ६६ हजार रुपैयाँ, जीवन बीमा कोष १९.२१ प्रतिशतले बढेर १२ अर्ब ६ करोड ३९लाख ६५ हजार रुपैयाँ र महाविपत्ती जगेडा २६.६२ प्रतिशतले बढेर ७ करोड ७ लाख ४ हजार रुपैयाँ रहेको छ ।

त्यस्तै, सो अवधिमा इन्स्योरेन्सको दीर्घकालीन लगानी कर्जा २ अर्ब ७३ करोड २१ लाख ७७ हजार रुपैयाँ, बीमालेखको धितोमा कर्जा ९७ करोड ९० लाख २६ हजार रुपैयाँ, ब्यवस्थापन खर्च ४५.१९ प्रतिशतले घटेर २ करोड २४ लाख ४४ हजार रुपैयाँ रहेको छ ।

प्रतिशेयर आम्दानी ८ रुपैयाँ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ भने १२८ रुपैयाँ छ ।


प्रतिक्रिया दिनुहोस्