बीमाको पहुँच बिस्तारलाई तीव्रता दिन सबै क्षेत्रको महत्वपुर्ण भुमिका हुन्छ: अर्थमन्त्री शर्मा « Arthapath.com
१ जेष्ठ २०७९, आईतवार

बीमाको पहुँच बिस्तारलाई तीव्रता दिन सबै क्षेत्रको महत्वपुर्ण भुमिका हुन्छ: अर्थमन्त्री शर्मा



काठमाडौं । नेपालको बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समिति ५३ वर्ष पुरा गरी ५४औं वर्षमा प्रवेश गरेको अवसरमा अर्थमन्त्री जनार्दश शर्माले शुभकामना ब्यक्त गरेका छन् । आधुनिक वित्तीय औजारका रुपमा रहेको बीमा ब्यवसायको महत्व दिन प्रतिदिन बढाउन लागि परेका समितिका अध्यक्ष, संचालक समितिका सदस्य, कार्यकारी निर्देशक पदाधिकारी, कर्मचारी लगायत बीमा क्षेत्रसँग आबद्ध सबैलाई शुभकामना ब्यक्त गरेका हुन ।

बीमाको पहुँच विस्तारलाई तीव्रता दिन सबै क्षेत्रबाट महत्वपुर्ण भुमिका निर्वाह गर्नु पर्ने अर्थमन्त्रीको भनाइ रहेको थियो । उनले बीमाको पहुँच विस्तारका लागि सबैभन्दा पहिला बीमा के हो, यसबाट के–कस्तो फाइदा हुन्छ, बीमा कहाँ, कसरी गर्नुपर्छ भन्ने बारेमा आम जनतालाई बुझाउन सक्नुपर्दछ । देशका शहरी क्षेत्रमा मात्र सीमित नभई ग्रामीण क्षेत्रमा समेत बीमा सेवा पुर्याउनेतर्फ समितिले विशेष ध्यान दिनुपर्दछ ।

शर्माले कृषि प्रधान देशमा कृषि व्यवसायमार्फत आर्थिक समृद्धि हासिल गर्न सरकारले कृषि बीमामा ८० प्रतिशतसम्म अनुदानको व्यवस्था गरेको भए पनि उल्लेखनीय रूपले बढ्न बताए । त्यस्तै, सरकारी र सार्वजनिक सम्पत्तिको बीमा गर्नेतर्फ सम्बद्ध निकायहरूको उचित ध्यान नपुगेको र शहरी क्षेत्रका घरलगायत सम्पत्तिको सुरक्षण गर्न के कस्ता नीति एवम् कार्यक्रम ल्याउन सकिन्छ त्यसतर्फ समिति लगायत सम्बद्ध निकायहरूको ध्यानआकर्षण पनि गराए ।

बीमामार्फत जोखिम व्यवस्थापन निश्चित गर्न सकेमा विपद्का समयमा भौतिक पूर्वाधार, कृषि क्षेत्र, उद्योग व्यवसाय लगायतमा हुनसक्ने हानि नोक्सानीको क्षतिपूर्ति बीमाबाट हुने भएकाले त्यसका लागि सरकारले थप दायित्व व्यहोर्नुपर्ने बाध्यताको समेत अन्त्य हुने अपेक्षा सरकारले राखेको मन्त्री शर्माले बताए ।


प्रतिक्रिया दिनुहोस्