मर्जरमा जाने सहमति गरेका तीन जीवन बीमा कम्पनीको शेयर कारोबार रोक्का « Arthapath.com
३ जेष्ठ २०७९, मंगलवार

मर्जरमा जाने सहमति गरेका तीन जीवन बीमा कम्पनीको शेयर कारोबार रोक्का



काठमाडौं । मर्जरमा जाने सहमति गरेका तीन जीवन बीमा कम्पनीको शेयर कारोबार रोक्का भएको छ । प्राइफ लाइफ इन्स्योरेन्स कम्पनी, गुराँस लाइफ इन्स्योरेन्स कम्पनी र युनियन लाइफ इन्स्योरेन्स कम्पनीको शेयर कारोबार रोक्का गरिएको हो ।
तीन बीमा कम्पनीहरुले बैशाख २९ गते मर्जरमा जाने सहमति गरेसँगै नेपाल स्टक एक्सचेन्जमा कारोबार रोक्का लागि आवेदन दिएका हुन । अब यी कम्पनीको शेयर कारोबार अर्का ब्यवस्था नभएसम्म धितोपत्र दोस्रो बजारमा रोक्का रहनेछ ।

चालु आर्थिक वर्ष २०७८÷०७९ को चैत मसान्तसम्म प्राइम लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब ७७ करोड ९६ लाख १६ हजार रुपैयाँ, युनियन लाइफको २ अर्ब १५ करोड र गुँरास लाइफको २ अर्ब ८ करोड ४२ लाख ५० हजार रुपैयाँ रहेको छ ।


प्रतिक्रिया दिनुहोस्