कोरोना बीमा दावी भुक्तानी तिहार अघि नै गर्ने तयारी छ : कार्यकारी निर्देशक पौडेल « Arthapath.com
३१ आश्विन २०७९, सोमबार

कोरोना बीमा दावी भुक्तानी तिहार अघि नै गर्ने तयारी छ : कार्यकारी निर्देशक पौडेल



काठमाडौं । बीमा समितिले कोरोना बीमा दावी भुक्तानीको तयारी थालेको छ । समितिले तिहार अघि नै कोरोना बीमा दावी भुक्तानी गर्ने तयारीमा झुटेको हो ।

सरकारले कोरोना बीमाका लागि रकम बीमा समितिको खातामा जम्मा गरिदिएको छ । अघिल्लो महिना बसेको मन्त्रिपरिषद्को बैठकले कोरोना बीमाका लागि १ अर्ब रुपैयाँ छुट्याउने निर्णय गरेको थियो । सो रकम समितिको खातामा जम्मा भएको हो ।

लामो समयदेखि रोकिएको कोरोना बीमा दावी भुक्तानी तिहार अघि नै वितरण गर्ने तयारी भएको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । विभिन्न चरणमा बीमक संघ लगायतसंगको छलफलमा के कसरी भुक्तानी गर्न सकिन्छ भनेर केही मापदण्डहरु पनि बनाएको निर्देशक पौडेले जानकारी दिए ।

हाललाई सर्वसाधारणलाई मात्रै भुक्तानी गर्ने तयारी भएको निर्देशक पौडेलले जानकारी दिए । उनले भने,“पहिला आवेदनको आधारमा बीमा समितिले नै भुक्तानी पाउनेको नाम सर्वाजनिक गर्नेछ । सोहीअनुसार बीमितले भुक्तानी पाउनेछन, अर्थ मन्त्रालयले अनौपचारिक रुपमा त्यही अनुसार नै भुक्तानी गर्न भनेको छ ।”

उनले भने,– “सरकारबाट १ अर्ब मात्रै रकम आएको छ । यो अपुग हो, पहिलो आउनेलाई पहिला दिने आधारमा भुक्तानी दिने कुरा चलिरहेको छ, रकम नभएपछि केही मापदण्ड बनाउनुपर्ने पनि देखिएको छ ।”

कोरोना बीमाको करिब ११ अर्ब रुपैयाँ दिन बाँकि भए पनि सरकारले १ अर्ब मात्र निकासा गरेको हो ।

Tags :

प्रतिक्रिया दिनुहोस्