अन्तर्राष्ट्रिय बजारमा विस्तारमा कटिबद्ध ‘हिमालयन रि’, व्यवसायको आकार ठुलो बनाउँदै « Arthapath.com
४ कार्तिक २०७९, शुक्रबार

अन्तर्राष्ट्रिय बजारमा विस्तारमा कटिबद्ध ‘हिमालयन रि’, व्यवसायको आकार ठुलो बनाउँदै



काठमाडौं । हिमालयन रि इन्स्योरेन्स नेपालमा निजी क्षेत्रको लगानीमा स्थापना भएको पहिलो पुनर्बीमा कम्पनी हो । कम्पनीले यति बेला व्यवसाय विस्तार र सर्वसाधारणलाई सेयर निष्काशनको तयारीमा जुटिरहेको छ ।

कम्पनीले पछिल्लो समय व्यवसाय विस्तारका लागि जोड दिईरहेको हो । यति बेला स्वदेशमा मात्र नभई बाह्य बजारमा पनि व्यवसाय विस्तारमा जोडदिएको कम्पनीले जनाएको छ ।

कम्पनीका एक उच्च अधिकारीका अनुसार कम्पनीले व्यवसायको दायरा र आकार ठुलो फेरबदल हुने बताएका छन् । “कम्पनीले आन्तरिक रुपमा मात्र होइन, बाह्य बजारमा पनि अब विस्तारै व्यवसाय फैलाउनका लागि हामी कोसिस गरिरहेका छौं ।”– एक अधिकारीले बताए ।

बीमा समितिले पनि पुनर्बीमाको बीमाशुल्क विदेशमा पठाउनुभन्दा स्वदेशमा राख्नु उचित हुनेभन्दै प्रोत्साहन गर्दै आएको छ ।
ती उच्च अधिकारीले अर्थपथसंग भने,– “समग्रमा हिमालयन रि आइसकेपछि बीमा बजारको मनोबल बढेको छ । विदेशी बीमा कम्पनीहरू हामीसँग आएर अन्तरक्रिया गर्न थालेका छन्, जसले गर्दा हामीलाई बीमा सम्बन्धी अन्तरराष्ट्रिय अभ्यास बुझ्न र सिक्न सजिलो भएको छ । ”

जोखिम व्यवस्थापनमा व्यावसायिक आकार, पूँजी, इक्विटी र अन्तरराष्ट्रिय मान्यताको आधारमा काम गर्दै अघि बढ्ने कम्पनीले जनाएको छ । कम्पनीले सर्वसाधारणलाई ३० प्रतिशत सेयर जारी गर्ने तयारीमा रहेको छ । सेयर निष्काशका लागि पनि आवश्यक प्रक्रिया अघि बढीरहेको कम्पनीले जनाएको छ । कम्पनीको चुक्ता पुँजी १० अर्ब रुपैयाँ रहेको छ । कम्पनीले पुनर्बीमा व्यवसायलाई प्रभावकारी र क्षमतायुक्त बनाउनका लागि जोड दिएको हो ।

कम्पनीले जोखिम धारणा क्षमता बलियो बनाउने र राम्रो सुविधा प्रदान गर्दै अन्तराष्ट्रियस्तरमा व्यवसाय विस्तार गर्ने अवधराणसहित अघि बढेको बताइएको छ । विश्वव्याी बजारमा सबैभन्दा बढी रोजाई र छनोट पने पुनर्बीमाकर्ता हुने कम्पनीको अठोट छ ।

पर्याप्त पुनर्बीमा क्षमता, जोखिम न्युनीकरण उत्पादन, अन्तराष्ट्र्रियस्तरको व्यवसायिक सेवा प्रदान र पुनर्बीमा समाधानका लागि निरन्तर प्रतिवद्ध रहेने कम्पनीको दीर्घकालिन योजना छ ।

हिमालयन रि इन्स्योरेन्समा उद्योग बाणिज्य महासंघका वर्तमान अध्यक्ष शेखर गोल्छा, निवर्तमान अध्यक्ष भवानी राणा र पुर्व अध्यक्ष पशुपति मुरारकाको लगानी रहेको छ ।

त्यस्तै नेपाल परिसंघका वर्तमान अध्यक्ष तथा लक्की ग्रुपका सतिश मोर, शंकर ग्रुपका शाहिल अग्रवाल र सुलभ अग्रवाल, केएल दुगड ग्रुपका विकास दुगड, एमभी दुगड ग्रुपका विवेक दुगड, लक्की ग्रुपका रोहित गुप्ता लगायतको लगानी रहेको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्