नेको इन्स्योरेन्सले गर्यो लाभांश घोषणा, नगद भन्दा बोनस धेरै « Arthapath.com
१९ मंसिर २०७९, सोमबार

नेको इन्स्योरेन्सले गर्यो लाभांश घोषणा, नगद भन्दा बोनस धेरै



काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीको मंसिर १९ गते बसेको संचालक समितिको बैंकले आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट शेयरधनीहरलाई हाल कायम रहेको चुक्तापूँजीको १५ प्रतिशत बोनस र ०.७८ प्रतिशत नगद लाभांश –कर प्रयोजनका लागि) गरी कुल १५.७९ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृति भएपश्चात कम्पनीको आगामि वार्षिक साधारण सभाले पारित गरेपछि मात्र शेयरधनीहरुलाई वितरण गििरनेछ ।


प्रतिक्रिया दिनुहोस्