बैदेशिक रोजगारी गएका कामदारको १२ लाख बढी बीमा पोलिसी सक्रिय, १ अर्ब १६ करोड प्रिमियम « Arthapath.com
२२ मंसिर २०७९, बिहीबार

बैदेशिक रोजगारी गएका कामदारको १२ लाख बढी बीमा पोलिसी सक्रिय, १ अर्ब १६ करोड प्रिमियम



काठमाडौं । बैदेशिक रोजगार बीमामा १२ लाख भन्दा बढी पोलिसी सक्रिय देखिएको छ ।

नेपाल बीमा प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार बैदेशिक रोजगार बीमामा १२ लाख १२ हजार ४६२ बीमा पोलिसी सक्रिय देखिएको हो ।

बैदेशिक रोजगारमा जाने नेपाली कामदारले अनिवार्य रुपमा म्यादी बीमा गर्नुपर्छ । सोहीअनुसार गरिएको बीमामा यतिका पोलिसी सक्रिय देखिएको हो ।

यस्तै, चालु आर्थिक वर्ष २०७९/८० को कात्तिक मसान्तसम्म बैदेशिक रोजगार बीमा बापत १ अर्ब १६ करोड ३७ लाख बीमाशुल्क संकलन भएको छ । त्यसमा कात्तिक महिनामा मात्रै ३२ करोड ५८ लाख रुपैयाँ बीमाशुल्क संकलन भएको छ ।

कात्तिकमा ७७ हजार ८४७ वटा पोलिसी बिक्री भएको छ । त्यसको बीमांक (दायित्व) भने १ खर्ब ८५ अर्ब ६४ करोड रहेको छ ।
पछिल्लो समय बैदेशिक रोजगार बीमालाई पुल मार्फत सञ्चालन गरिएको छ । पछिल्लो पटक नेशनल लाइफ, नेपाल लाइफ, एलआईसी, मेट लाइफ, सुर्या लाइफ, आइएमई लाइफ, ज्योति लाइफ, सन नेपाल लाइफ, रिलायवल लाइफ, सिटीजन लाइफ, सानिमा लाइफ र प्रभु लाइफले बैदेशिक रोजगार बीमा गरिरहेका छन् ।

सो अवधिमा सबैभन्दा धेरै वैदेशिक रोजागर बीमाबाट सन नेपाल लाइफले बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले चालु आवको चार महिनामा ५१ करोड ७२ लाख ३१ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेको हो ।

दोस्रो स्थानमा रहेको सूर्या लाइफले भने कात्तिक मसान्तसम्म १७ करोड ३६ लाख ६२ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । प्राधिकरणका अनुसार कात्तिक मसान्तसम्ममा बैदेशिक रोजगार बीमा शुल्क ३८ लाख २८ हजार रुपैयाँ देखिएको हो ।

कुन कम्पनीले कति उठाए बीमाशुल्क ?


प्रतिक्रिया दिनुहोस्