सगरमाथा लुम्बिनी इन्स्योरेन्सको नामबाट एकीकृत कारोबारका लागि मिति तय, कहिलेदेखि हुँदै ? « Arthapath.com
१९ फाल्गुन २०७९, शुक्रबार

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको नामबाट एकीकृत कारोबारका लागि मिति तय, कहिलेदेखि हुँदै ?



काठमाडौं । सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सले एकीकृत कारोबारका लागि मिति तय गरेका छन् ।

दुवै कम्पनीले फागुन २९ गतेदेखि एकीकृत कारोबारका लागि नेपाल बीमा प्राधिकरणमा अनुमानित मिति पेश गरेका छन् । यी दुवै कम्पनीले मर्जरमा जाने अन्तिम सहमति भएसंगै संयुक्त कारोबारका लागि अनुमानित मिति प्राधिकरणमा पेश गरेका हुन् ।

मर्जपछि बन्ने नयाँ कम्पनीको नाम भने सगरमाथा लुम्बिनी इन्स्योरेन्स रहनेछ । दुवै कम्पनी स्वाप रेसियो भने १००ः८० कायम हुनेछ । हाल १०० कित्ता सेयर रहेको लुम्बिनी जनरल इन्स्योरेन्सका सेयरधनीको मर्जरपछि बन्ने कम्पनीमा ८० कित्ता सेयर हुनेछ भने सगरमाथा इन्स्योरेन्सका सेयरधनीको १०० कित्ता नै हुनेछ ।

नयाँ कम्पनीको संचालक समितिको अध्यक्षमा लुम्बिनी इन्स्योरेन्सको तर्फबाट बन्ने सहमति भएको छ । कम्पनीको प्रमुख कार्यकारी अधिकृत(सीईओ) सगरमाथा इन्स्योरेन्सको तर्फबाट चंकी क्षेत्री बन्नेछन् । संचालक समितिको संचालकमा दुवै कम्पनीको तर्फबाट ३/३ जना र एक जना स्वतन्त्र संचालकको रुपमा रहनेछन् ।

दुवै कम्पनीको प्रस्तावित बोनस सेयर वितरण पश्चात् स्वाप रेसियो गणना गरी मर्जर पश्चात कायम हुने चुक्ता पूँजी २ अर्ब ६२ करोड २६ लाख ३८ हजार १९५ रुपैयाँ पुग्नेछ ।


प्रतिक्रिया दिनुहोस्