भाञ्जीको अन्नप्राशनमा ‘मामा–माइजू’ले दिए हिमालयन लाइफको बीमालेख उपहार « Arthapath.com
६ असार २०८०, बुधबार

भाञ्जीको अन्नप्राशनमा ‘मामा–माइजू’ले दिए हिमालयन लाइफको बीमालेख उपहार



नोटः समाचारमा फाइल तस्विर प्रयोग गरिएको हो ।

काठमाडौं । भाञ्जीको अन्नप्राशन (भात खुवाई)का अवसरमा मामा–माइजूले जीवन बीमा पोलिसी (बीमालेख) उपहार दिएका छन् ।

दोलखाको बिगु गाउँपालिका–५ चिलंखा स्थायी ठेगाना भएका ज्योति जीसी र रोजिना बुढाथोकीको जोडीले आफ्नी भाञ्जी आन्शी थापालाई आज उपहारस्वरुप हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको बीमालेख प्रदान गरेका हुन् ।

आन्शीका लागि उनका मामा–माइजूले पाँच लाख रुपैयाँ बीमाङ्क भएकोको बीमा गरिदिएका हुन् । जीवन बीमाले जीवनको जोखिम बहन गर्नाका साथै बचतको बानीको समेत विकास गर्ने भएकाले उपहारमा नगद र जिन्सीको सट्टा बीमालेख दिइएको जीसीले बताए ।

‘आज हाम्री रहरकी प्यारी भाञ्जी आन्शीको अन्नप्राशन कार्यक्रम । यस अवसरमा उनलाई मावलीको तर्फबाट हामीले जीवन बीमा पोलिसी उपहार दिएका छौँ,’ जीसीले फेसबुकमा लेखेका छन्, ‘भाञ्जीको नामको यो उपहारबाट उनका बुबा–आमाले जति कमाइ गरिरहनुभएको छ त्यसैबाट बचत पनि गर्ने बानीको विकास होस् भन्ने उद्देश्य राखिएको छ । साथमा जीवन सुरक्षाको कुरा त छँदैछ ।’

उनले पोलिसी जारी गर्ने हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको गोकर्ण/जोरपाटी कार्यालय, शाखा प्रमुख गणेश लामिछाने र सम्बन्धित अभिकर्ताप्रति आभार व्यक्त गरेका छन् । धेरै कमाइलाई पर्खेर होइन, जति छ त्यसैबाट आजैदेखि सुरू गर्दा मात्रै बचत सम्भव रहेको उनले उल्लेख गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्