एक कम्पनीको बोनस सेयर तपाईको डिम्याट खातामा आयो ? छैन भने यसो गर्नुहोस् « Arthapath.com
७ असार २०८०, बिहीबार

एक कम्पनीको बोनस सेयर तपाईको डिम्याट खातामा आयो ? छैन भने यसो गर्नुहोस्



काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश वितरण सुरु गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई प्रस्ताव गरेको बोनस सेयर हितग्राही (डिम्याट) खातामा जम्मा सुरु गरेको हो ।

कम्पनीको बैशाख १८ गते सम्पन्न १५औं वार्षिक साधारण सभाबाट पारित ८.५० प्रतिशत बोनस सेयर वितरण गरेको हो । कम्पनीले २०८० बैशाख ७ गतेसम्म सेयर अभौतिकीकरण गराएका सेयरधनीहरुको बोनस सेयर सम्बन्धित हितग्राही खातामा जम्मा गरेको कम्पनीले जनाएकोछ ।

डिम्याट खाता अभौतिकीकरण नगराएका सेयरधनीहरुले यथाश्रिघ खाता अभौतिकीकरण गर्ने कम्पनीले भनेको । उक्त खाता अभौतिकीकरण गरे पश्चात मात्र लाभांश खातामा जाने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्