शिखरको बीमा योजनाले हौसिएका केरा कृषक: १२ करोड प्रिमियम संकलन, ३२ करोड बढी दावी भुक्तानी « Arthapath.com
१२ श्रावण २०८०, शुक्रबार

शिखरको बीमा योजनाले हौसिएका केरा कृषक: १२ करोड प्रिमियम संकलन, ३२ करोड बढी दावी भुक्तानी



काठमाडौं । मौसम सूचकाङ्कमा आधारित केरा खेती बीमामा शिखर इन्स्योरेन्सले बीमा शुल्क भन्दा साढे दुई गुणा बढी दावी भुक्तानी दिएको छ । कम्पनीले उपलब्ध गराएको तथ्याङ्कका अनुसार केरा खेतीमा बीमा शुल्क भन्दा २.६५ गुणा बढी दावी भुक्तानी दिएको हो ।

हालसम्म कम्पनीले यस्तो बीमा अन्तर्गत १२ करोड १० लाख २६ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७२/७२ देखि केरा खेतीको बीमा गर्दै आएको छ । विशेषगरि चितवनमा यस्तो खेतीको बीमा हुँदै आएको हो । हालसम्म कम्पनीले ३२ करोड १२ लाख ३९ हजार रुपैयाँ बरारबको दावी भुक्तानी दिएको हो ।समिक्षा अवधिमा कम्पनीले १ हजार ५२३ वटा दावी भुक्तानी गरेको छ । कम्पनीका अनुसार केरा खेतीमा जारी गरेको बीमालेखको संख्या भने १ हजार ७५७ वटा रहेको छ । आव २०७२/७२ मा कम्पनीले २१ वटा बीमालेख बिक्री गरि ३ लाख १५ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो । तर, सोही वर्ष नै कम्पनीले ३ लाख ३८ हजार रुपैयाँ बढी रकम दावी भुक्तानी दिएको थियो ।

कृषकले असिना पानी, खडेरी लगायत दैवी प्रकोप, किरा तथा विभिन्न रोग जस्तो कारणले वर्षेनी ठुलो क्षति व्यहोर्नुपरेको थियो । तर, हाल बीमकले बीमा बापतको रकम कृषकले पनि दुक्क भएको महशुस गरेका छन् । कृषि बीमा नभएको भए खेती गर्न नसकिने अवस्था रहेको किसानहरु बताउँछन् ।

नेपालमा पशु र कृषि बीमा नयाँ बीमा योजना हुन । तर, यो बीमा योजनाहरू नबुझेको बीमा कम्पनीहरू हाल कार्यलयमा आवश्यकता अनुसार कृषि विज्ञ राखेर नै यस्तो बीमा गराउँदै आएको छन् । कृषि पशु बीमाबाट मात्रै वार्षिक २ अर्ब भन्दा माथीको बीमाशुल्क आर्जन गर्छन ।

कृषि बीमाको आकर्षण र माग व्यवसायीक कृषकबाट उच्च भएको र ग्रामिण घरेलु कृषकले समेत लाभ पाएको शिखर इन्स्योरेन्सका माइक्रो एण्ड एग्रो इन्स्योरेन्स विभागका एशिसटेन्ट म्यानेजर सार्थक राज पाण्डेले बताए ।

उनका अनुसार कृषि जोखिम व्यवस्थापनको बलियो आधार सरकारबाट अनुदान उपलब्ध भएको कृषि बीमामा पछिल्लो समय भईरहेका गतिविधिले पनि आकर्षण बढाएको हो । उनले भने,–‘कृषिमा बीमा निकै नै आकर्षण बढेको छ । यसको मुख्य बलियो आधार सरकारबाट उपलब्ध हुने अनुधान हो । तर, पछिल्लो समयमा नेपाल बीमा प्राधिकरण र विभिन्न कम्पनीहरुले गर्दै आएको बीमा सचेतना कार्यक्रमले पनि थप टेवा पुगेको छ ।’

हरेक वर्ष आउने हावाहुरीले केराका बोट ढलाउने र किसान क्षति व्यहोर्नु पर्ने अवस्था थियो । जसले खेती गर्न किसानलाई प्रोत्साहन पनि मिलेको थिएन । तर, शिखरले केरा खेतीमा बीमा योजना ल्याएपछि अहिले चितवनका किसानहरु ढुक्कसंग खेती गरिरहेका छन् । शिखरको सुरक्षामा जोडिएर सम्भावित क्षति हुनबाट जोगिएका छन् । खेती गर्न किसानहरु अझ बढी हौसिएका छन् ।

केरा खेतीमा शिखर वर्षेनी दिन्छन् ४ करोड भुक्तानी

शिखर इन्स्योरेन्स कम्पनीले केरा खेती बीमा अन्तर्गत वार्षिक ४ करोड बढी दावी भुक्तानी दिने गरेको छ । कम्पनीको तथ्याङ्क अनुसार वार्षिक ४ करोड १ लाख ५४ हजार रुपैयाँ बराबरको दावी भुक्तानी दिने गरेको हो ।

गत आव २०७९/८० मा मात्रै कम्पनीले ५ करोड १६ लाख ५२ हजार रुपैयाँ दावी भुक्तानी गरेको छ । सो आवमा भने कम्पनीले केरा खेती बीमा अन्तर्गत जम्मा २ करोड २८ लाख १२ हजार रुपैयाँ मात्रै बीमा शुल्क उठाएको थियो । सो अवधिमा कम्पनीले यस्तो बीमातर्फ २२५ बीमालेख जारी गरेको देखिएको छ । गत आवमा भने ९१ वटा दावी भुक्तानी दिएको कम्पनीले जनाएको छ ।

आव २०७६/७७ मा १ करोड ८३ लाख ७८ हजार रुपैयाँको बीमा शुल्कमा ५ करोड ८६ लाख ४५ हजार रुपैयाँ दावी भुक्तानी गरेको हो । सो आवमा कम्पनीले ३४५ वटा बीमालेख जारी गरेको थियो । दावी परेको संख्या भने ४२९ वटा देखिएको छ ।

पछिल्लो आठ वर्षको तथ्याङ्क अनुसार कम्पनीले सबैभन्दा ठुलो भुक्तानी भने आव २०७७/७८ मा दिएको थियो । सो आवमा कम्पनीले ९ करोड ११ लाख ७९ हजार रुपैयाँ भुक्तानी दिएको हो । त्यो आवमा कम्पनीले ३८६ वटा बीमालेख बिक्री गरि जम्मा ३ करोड ९४ लाख ६६ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो ।

कम्पनीका अनुसार केरा खेतीको बीमा सुरु गरेको दोस्रो वर्ष अर्थात आव २०७३/७४ मा ५ लाख ७ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो । तर, सो आवमा २० लाख ९५ हजार रुपैयाँ दावी भुक्तानी गरेको थियो ।

यस्तै, आव २०७४/७५ मा कम्पनीले ५ करोड ६५ लाख ६ हजार रुपैयाँ बढी दावी भुक्तानी गरेको छ । सो आवमा कम्पनीले १८९ वटा बीमालेख जारी गरि ९५ लाख ५६ हजार रुपैयाँ मात्रै बीमा शुल्क आर्जन गरेको थियो । आव २०७५/७६ मा भने कम्पनीले २७७ वटा दावी परेकोमा १ करोड ७४ लाख ८२ हजार रुपैयाँ भुक्तानी दिएको थियो । सो आवमा कम्पनीले १ करोड ४४ लाख २९ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो ।

कम्पनीले अघिल्लो आव २०७८/७९ मा पनि २४२ वटा बीमालेख बिक्री १ करोड ५५ लाख ६० हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो । तर, सोही आवमा भने ४ करोड ३३ लाखख ४० हजार रुपैयाँ दावी भुक्तानी दिएको थियो ।


प्रतिक्रिया दिनुहोस्