६६ प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्ताव पारित गर्दै एनएलजी इन्स्योरेन्सको विशेष साधारण सभा सम्पन्न « Arthapath.com
१५ श्रावण २०८०, सोमबार

६६ प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्ताव पारित गर्दै एनएलजी इन्स्योरेन्सको विशेष साधारण सभा सम्पन्न



काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले विशेष साधारणसभा सम्पन्न भएको छ । सभा बालुवाटारस्थित आम्रपाली ब्यांक्वेटमा सम्पन्न भएको हो ।

सभाले हाल कायम चुक्तापुँजीको ६६ प्रतिशतले हुन आउने हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव पारित गरेको छ । सभामा हाल कायम जारी तथा चुक्तापुँजी १ अर्ब ४५ करोड ९२ लाख ७५ हजार ७९०।५ रुपैयाँलाई वृद्धि गरी २ अर्ब ४२ करोड २३ हजार ९७ हजार ८१२।२३ रुपैयाँ पुर्याउने विशेष प्रस्ताव पारित गरेको हो ।

सभामा कम्पनीको चुक्तापुँजी हकप्रद बिक्रीपछि वृद्धि हुने भएकोले सोहीबमोजिम कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव अनुमोदन समेत गरेको छ ।

कम्पनीले विशेष साधारणसभा प्रयोजनको लागि साउन ८ गते बुकक्लोज गरी सकेको छ ।


प्रतिक्रिया दिनुहोस्