प्राइभेट इक्विटी फन्ड र भेन्चर क्यापिटलमा लगानी गर्न बीमा कम्पनीलाई बाटो खुला, कति तोकियो सीमा ? « Arthapath.com
२२ पुष २०८०, आईतवार

प्राइभेट इक्विटी फन्ड र भेन्चर क्यापिटलमा लगानी गर्न बीमा कम्पनीलाई बाटो खुला, कति तोकियो सीमा ?



काठमाडौं । अब बीमा कम्पनीहरूले प्राइभेट इक्वीटी फन्ड र भेन्चर क्यापिटलमा पनि लगानी गर्न पाउने भएका छन् ।

नेपाल बीमा प्राधिकरणले आइतबार लगानी सम्बन्धी निर्देशका संशोधन गर्दै निर्जीवन बीमा, जीवन बीमा र पुनर्बीमा कम्पनीलाई प्राइभेट इक्वीटी फन्ड र भेन्चर क्यापिटलमा लगानी गर्न बाटो खुला गरेको हो । 

यसअघि बीमा कम्पनीहरूलाई बैङ्कको मुद्दती निक्षेप, साधारण शेयर, घरजग्गा, पूर्वाधार लगायतका क्षेत्रमा लगानी गर्न बाटो खुला गरिएको थियो ।

अहिले आएर नेपाल बिशिष्टीकृत लगानी  कोष नियमावली बमोजिम धितो पत्र बोर्डबाट व्यवसाय गर्न स्वीकृत प्राप्त प्राइभेट इक्वीटी फन्ड र भेन्चर क्यापिटल फन्डमा लगानी गर्न बाटो खुला गरिएको हो । 

यद्यपि, त्यसमा केही सीमा तोकिएको छ । कम्पनीले कुल लगानीको बढीमा १ दशमलव ५ प्रतिशतको सीमामा यस्तो क्षेत्रमा लगानी गर्न सकिनेछ । एउटै फन्डमा भने कुल लगानीको बढीमा १ प्रतिशतसम्म मात्रै लगानी गर्न सकिने व्यवस्था गरिएको छ । 

यसै गरी बीमा कम्पनीहरूले अब कुनै पब्लिक कम्पनीमा १५ प्रतिशतसम्म शेयर हिस्सा हुने गरी लगानी गर्न सक्नेछन् । यसअघि यसमा ५ प्रतिशत सेयर हिस्सा हुने गरी लगानी गर्न पाउने व्यवस्था थियो । कम्पनीहरूले शेयरमा आफ्नो कुल लगानीको १५ प्रतिशतसम्म लगानी गर्न पाउने छन् । यो लघुबीमा कम्पनीको हकमा पनि लागू हुनेछ । 

यसै गरी कम्पनीले तोकिएको क्षेत्र, तोकिएको क्षेत्र भन्दा बाहिर र तोकिएको सीमा भन्दा बाहिर लगानी गर्न प्राधिकरणको पूर्व स्वीकृत लिनुपर्नेछ ।


प्रतिक्रिया दिनुहोस्