बोनस सेयर वितरणपछि ८ अर्ब ३२ करोड बराबरको हकप्रद सेयर जारी गर्दै हिमालयन रि « Arthapath.com
२८ माघ २०८०, आईतवार

बोनस सेयर वितरणपछि ८ अर्ब ३२ करोड बराबरको हकप्रद सेयर जारी गर्दै हिमालयन रि



काठमाडौं। हिमालयन रिइन्सुरेन्सले प्रस्तावित बोनस सेयर पारितका लागि साधारण सभा डाकेको छ । कम्पनीले आफ्ना सेयरधनीलाई ४.२१ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

सोही प्रस्ताव पारित गर्न कम्पनीले आगामी फागुन २० गते साधारण सभा बोलाएको हो । सभामा बोनस सेयर वितरणपश्चात कायम चुक्ता पुँजीको ८० प्रतिशत अर्थात् १० बराबर ८ को अनुपातमा हकप्रद सेयर निष्कासनको विशेष प्रस्ताव पनि पारित गर्नेछ । सभामा कम्पनीले ८ अर्ब ३२ करोड रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्ने प्रस्ताव स्वीकृत गर्नेछ ।

सभामा कम्पनीको अधिकृत पुँजी, जारी पुँजी तथा चुक्ता पुँजी वृद्धि गर्ने र सोही बमोजिमका प्रवन्धपत्रको सम्वन्धित दफाहरु संशोधन गर्ने प्रस्ताव पनि स्वीकृत गर्नेछ ।

सोही सभाले गत आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन, नाफा/नोक्सान तथा नगद प्रवाह विषयमा छलफल गरि पारित गर्नेछ । यसका साथै चालु आवका लागि लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण समेत सोही सभाले गर्ने छ ।

सभा प्रयोजनका लागि कम्पनीले फागुन ७ गते बुक क्लोज गर्ने भएको छ । त्यसका आधारमा फागुन ६ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्