बीमितमैत्री आइएमई लाइफ: एक महिनामै दियो २२ वटा बीमालेखहरुको १ करोड दाबी भुक्तानी « Arthapath.com
२ फाल्गुन २०८०, बुधबार

बीमितमैत्री आइएमई लाइफ: एक महिनामै दियो २२ वटा बीमालेखहरुको १ करोड दाबी भुक्तानी



काठमाडौं । आइएमई लाइफ इस्योरेन्सले एक महिनामा झन्डै १ करोड बराबरको दावी भुक्तानी गरेको छ ।

कम्पनीले माघ महिनामा ९३ लाख ३२ हजार ८४ रुपैयाँ दाबी भुक्तानी दिएको हो । सो महिनामा कम्पनीले २२ वटा बीमालेखहरुको भुक्तानी दिएको हो । कम्पनीले दाबी परेको छोटो समयमै नै कम्पनीले भुक्तानी दिएको हो ।

कम्पनीले ग्राहकलाई झनझटसहित सेवा प्रदान गर्ने मुख्य उद्देश्य राखेको छ । बीमितमैत्री कम्पनीको आफ्नो व्यवसाय पनि फराकिलो बनाउँदै गएको छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नाफा वृद्धिदरका आधारमा कम्पनी पहिलो सूचीमा नै छ । सो अवधिमा कम्पनीले खुद नाफा ९६.१४ प्रतिशत बढाएको छ । चालु आवको ६ महिनामा कम्पनीले २३ करोड ४७ लाख २५ हजार रुपैयाँ नाफा कमाएको छ । गत वर्षको दोस्रो त्रैमासमा भने कम्पनीले ११ करोड ५० लाख रुपैयाँ मात्रै नाफा कमाएको थियो ।

यता, कम्पनीले खुद बीमा शुल्क आर्जन पनि १ अर्ब ९९ करोड ५७ लाख ५४ हजार रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस्