एनएलजी इन्स्योरेन्सको साधारण सभा आज बस्दै, ५.७८ प्रतिशत लाभांश पारित गर्दै « Arthapath.com
३ फाल्गुन २०८०, बिहीबार

एनएलजी इन्स्योरेन्सको साधारण सभा आज बस्दै, ५.७८ प्रतिशत लाभांश पारित गर्दै



काठमाडौं । आज अर्थात् फागनु ३ गते एनएलजी इन्स्योरेन्स कम्पनीको साधारण सभा हुँदैछ । कम्पनीको १८औं वार्षिक साधारण सभा आम्रपाली ब्यांक्वेट बालुवाटार काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

सभामा लाभांश पारित गर्ने मुख्य एजेन्डा रहेको छ । कम्पनीले गत आर्थिक वर्षको नाफबाट ५.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ । सभाले सो लाभांश पारित गर्नेछ ।

सभामा गत आव २०७९/८० को वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा छलफल गरी पारित हुनेछ । यसका साथै चालु आवका लागि लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण समेत हुनेछ ।


प्रतिक्रिया दिनुहोस्