सामूहिक खेती गर्ने किसानको पनि छुट्टाछुट्टै ‘दुर्घटना बीमा’ गराउन प्राधिकरणको निर्देशन « Arthapath.com
३ फाल्गुन २०८०, बिहीबार

सामूहिक खेती गर्ने किसानको पनि छुट्टाछुट्टै ‘दुर्घटना बीमा’ गराउन प्राधिकरणको निर्देशन



काठमाडौं । नेपाल बीमा प्राधिकरणले दुघर्टना बीमा सम्वन्धी ८ बुँदे निर्देशन जारी गरेको छ । निर्देशनअनुसार अब सामूहिक खेती गर्ने किसानहरुले छुट्टाछुट्टै दुर्घटना बीमा गनुपर्ने भएको छ ।

निर्जीवन बीमा कम्पनीहरुलाई जारी निर्देशनमा भनिएको छ,‘सामूहिक रुपमा गरिएको बीमाको हकमा बीमालेखमा आवद्ध प्रत्येक किसानको छुट्टाछुट्टै दुर्घटना बीमा गर्नुपर्नेछ ।’

कृषि, पशुपन्छी तथा जडीबुटी बीमाले बमोजिम बीमा गर्ने कृषकले न्यूनतम २ लाख रुपैयाँ बराबरको दुर्घटना बीमा गनुपर्नेछ । सो बमिा बापत बीमाशुल्क २०० रुपैयाँ हुने प्राधिकरणले जनाएको छ । दुघर्टना बापत लाग्ने बीमाशुल्कमा अनुदान भने उपलब्ध नहुने प्राधिकरणले जनाएको छ ।

एक वर्षभन्दा कम अवधिका लागि जारी हुने बीमालेखमा समेत दुर्घटना बीमा बापत पुरा बीमाशुल्क लाग्नेछ । यसको अवधिमा भने १ वर्षको हुनेछ । एकभन्दा बढी पटक कृषि, पशुपन्छी तथा जडीबुटी बीमालेख लिने कृषकलाई दुर्घटना बीमा लिन अनिवार्य नहुने प्राधिकरणले जनाएको छ । तर, दुर्घटना बीमाको अवधिमा समाप्त हुनु अगावै कृषकलाई जानकारी गराउने जिम्मेवारी बीमा कम्पनीहरुनै हुनेछन् ।

बीमालेखमा उल्लेख गरिएको बीमा अवधि भित्र वा बढीमा एक वर्षभित्र आत्महत बाहेकका अन्य कुनै पनि दुर्घटनाको कारण मृत्युमा भएमा बीमा बापतको बीमाङ्क रकम बीमाले बीमितलाई भुक्तानी गर्नुपर्ने छ ।

यस्तै, स्थायी पूर्ण अशक्तता भएमा, एक वा दुवै हातको नाडीदेखि माथि पुरै हात काम नलाग्ने भएमा, खुट्टाको गोलीगाँठोदेखि माथि पुरै खुट्टा काम नलाग्ने भएमा र दुवै आँखाको दृष्टि गुमेमा पनि बीमा कम्पनी आफैले बीमितलाई दुर्घटना बीमा बापत बीमाङ्क रकम भुक्तानी गर्नेछन्।


प्रतिक्रिया दिनुहोस्