ठुला बीमा कम्पनीको व्यापार ८० अर्ब पुग्यो: कमाए ६ अर्ब नाफा, बीमा शुल्क आर्जन र नाफामा कुन-कुन देखिए तगडा ? « Arthapath.com
३ फाल्गुन २०८०, बिहीबार

ठुला बीमा कम्पनीको व्यापार ८० अर्ब पुग्यो: कमाए ६ अर्ब नाफा, बीमा शुल्क आर्जन र नाफामा कुन-कुन देखिए तगडा ?



काठमाडौं । ठुला बीमा कम्पनीहरूले ६ महिनामा करिब ६ अर्ब रुपैयाँ नाफा कमाएका छन् । हाल सञ्चालनमा रहेका १४/१४ वटा जीवन तथा निर्जीवन बीमा कम्पनीहरूले प्रकाशित गरेको चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । 

समीक्षा अवधिमा कम्पनीहरूले ५ अर्ब ८७ करोड १४ लाख ८६ हजार रुपैयाँ खुद नाफा कमाएका छन् । कम्पनीहरूको यो नाफा गत वर्षको दोस्रो त्रैमासको तुलनामा भने ३१.१७ प्रतिशत अर्थात् १ अर्ब ३९ करोड ५४ लाख रुपैयाँ बढी हो । वर्षको सोही अवधिमा कम्पनीहरूको नाफा ४ अर्ब ४७ करोड ६० लाख रुपैयाँ रहेको थियो ।

कम्पनीहरूको आर्थिक शिथिलताले व्यवसाय प्रभावित भइरहेको थियो । आर्थिक सङ्कटका कारण व्यवसाय उत्साहजनक रूपमा वृद्धि हुन नसक्दा कम्पनीहरूको नाफा पनि प्रभावित बनेको थियो । तर, हाल अर्थतन्त्र बिस्तारै चलायमान हुँदै गएपछि आर्थिक गतिविधि पनि बढेका छन् । यसले बीमा व्यवसायमा पनि सकारात्मक सुधारको सङ्केत देखिएको छ ।

आन्तरिक अर्थतन्त्र शिथिल बन्दा नै बैङ्क तथा वित्तीय कम्पनीको वित्तीय अवस्था अझै पनि कमजोर छन् । व्यवसायमा आएको गिरावटले उनीहरूको नाफा पनि प्रभावित बनेको छ । तर, यस्तो अवस्थामा पनि बीमा कम्पनीहरूको नाफामा उच्च दरमा बढेको देखिन्छ । बीमा कम्पनीहरूको व्यवसायमा आएको सुधार नै नाफा बढेको हो । सो अवधिमा कम्पनीहरूको व्यापार पनि दोहोरो अङ्कले वृद्धि भएको छ । व्यापारसँगै कम्पनीहरूको लगानी तथा कर्जा लगायतमा आम्दानीमा पनि बढोत्तरी देखिएको छ । जसले खुद नाफा वृद्धिमा टेवा पुगेको हो । 

६ महिनामा जीवन तथा निर्जीवन बीमा कम्पनीहरूको व्यापार अर्थात् खुद बीमा शुल्क आर्जन पनि १३.३३ प्रतिशत वृद्धि भई ७९ अर्ब ९८ करोड ५९ लाख रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा कम्पनीहरूको व्यापार ९ अर्ब ४१ करोड ३९ लाख रुपैयाँ बढेको छ।  गत वर्षको दोस्रो त्रैमासमा भने कम्पनीहरूले ७० अर्ब ५७ करोड १९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेका थिए । 

निर्जीवन बीमा कम्पनीले गरे ६ अर्ब व्यापार, नाफा भने ४५.३९ प्रतिशत बढ्यो

समीक्षा अवधिमा निर्जीवन बीमा कम्पनीहरूले ६ अर्ब बढीको व्यापार गरेका छन्। हाल सञ्चालनमा रहेका १४ वटा बीमा कम्पनीहरूले ६ अर्ब १० करोड ६४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेका छन्। यो गत वर्षको तुलनामा भने ३१.५७ प्रतिशत बढी हो । गत वर्षको दोस्रो त्रैमासमा भने कम्पनीहरूले ४ अर्ब ६४ करोड ९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए । 

कुनको बीमा शुल्क आर्जन कति ?

व्यापारसँगै कम्पनीहरूको खुद नाफा पनि वृद्धि भएको छ । दोस्रो त्रैमासमा कम्पनीहरूले २ अर्ब ७८ करोड ७३ लाख रुपैयाँ नाफा कमाएका छन् । कम्पनीहरूको नाफा गत वर्षको तुलनामा भने ४५.३९ प्रतिशत बढी हो । गत वर्षको सोही अवधिमा कम्पनीहरूले १ अर्ब ९१ करोड ७० लाख रुपैयाँ नाफा कमाएका थिए ।  निर्जीवन बीमा तर्फ नाफामा नेपाल इन्स्योरेन्स र व्यापारमा भने सिद्धार्थ प्रिमियर पहिलो सूचीमा छन् । 

कुन निर्जीवन बीमा कम्पनीले कति कमाए नाफा ?

जीवन बीमा बजार: ७३ अर्ब ८७ करोडको व्यापारमा ३ अर्ब नाफा, कुनको कति ?

जीवन बीमा व्यापार भने १२.०५ प्रतिशत बढेको छ । समीक्षा अवधिमा कम्पनीहरूले ७३ अर्ब ८७ करोड ९४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । गत वर्षको दोस्रो त्रैमास कम्पनीहरूको यस्तो बीमा शुल्क ६५ अर्ब ९३ करोड १० लाख रुपैयाँ रहेको थियो । व्यापार नेपाल लाइफ अगाडी देखिएको छ । कम्पनीले १९ अर्ब ७१ करोड २३ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । व्यापार वृद्धिदरमा भने सानिमा रिलायन्स (१३७.०५ प्रतिशत) र प्रभु महालक्ष्मी (१०२.३७ प्रतिशत) शीर्ष सूचीमा छन् । 

कुनको व्यापार कस्तो ?

यता कम्पनीहरूको व्यापारसँगै खुद नाफा पनि वृद्धि भएको छ । समीक्षा अवधिमा कम्पनीहरूको खुद नाफा २०.५१ प्रतिशत बढेर ३ अर्ब ८ करोड ४१ लाख रुपैयाँ पुगेको छ । जीवन बीमा कम्पनी तर्फ नाफामा आइएमई लाइफ र सानिमा रिलायन्स लाइफ तगडा देखिएका छन् । यी दुवै कम्पनीको नाफा ९६ प्रतिशत वृद्धि भएको छ । तर, धेरै नाफा कमाउनेको पहिलो सूचीमा भने नेपाल लाइफ रहेको छ । 

कुनको नाफा कति ?


प्रतिक्रिया दिनुहोस्