आइजीआई प्रुडेन्सियलले डाक्यो साधारण सभा, संचालकको निर्वाचन पनि हुने « Arthapath.com
७ फाल्गुन २०८०, सोमबार

आइजीआई प्रुडेन्सियलले डाक्यो साधारण सभा, संचालकको निर्वाचन पनि हुने



काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले साधारण सभाका लागि मिति तय गरेको छ ।

कम्पनीले आगामी फागुन २० गते वार्षिक सभा गर्ने भएको छ । कम्पनीले यो वर्ष सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने भएको छ । लाभांश बिना नै साधारण सभा बोलाएको हो ।

सभामा कम्पनीको गत आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह लगायतको विषयमा पनि छलफल हुनेछ ।

यसका साथै सभामा चालु आव २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्नेछ । सभामा संचालकको निर्वाचन पनि हुनेछ । सभाले संस्थापक समूहबाट ४ जना (१ जना महिलासहित) र सर्वसाधारण समूहबाट २ जना प्रतिनिधित्व हुने गरी सञ्चालकको निर्वाचन गर्नेछ ।

प्रयोजनका लागि कम्पनीले फागुन १० गते बुक क्लोज गर्ने भएको छ ।


प्रतिक्रिया दिनुहोस्