को-को हुन् सगरमाथा लुम्बिनी इन्स्योरेन्सका ठुला सेयरधनीहरु ? « Arthapath.com
२९ चैत्र २०८०, बिहीबार

को-को हुन् सगरमाथा लुम्बिनी इन्स्योरेन्सका ठुला सेयरधनीहरु ?



काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) मा एक दर्जन बढी ठुला सेयरधनी रहेका छन् । कम्पनीमा १७ जना व्यक्ति तथा कम्पनीहरुको सेयर स्वामित्व धेरै छ ।

कम्पनीमा दुई बैंकसहित १७ जना व्यक्ति, निजी कम्पनी लगाायत ठुला सेयरधनी रहेका हुन् । यीमध्ये सबैभन्दा धेरै सेयर सिलिकन इन्स्योरेन्स पिएलसी श्रीलंकाको छ । सो कम्पनीको सलिकोमा ११.४३ प्रतिशत अर्थात् २९ लाख ९७ हजार ४५८ कित्ता सेयर स्वामित्व छ ।

दोस्रो सूचीमा भने लुम्बिनी विकास बैंक छ । बैंकले कम्पनीमा ४.२ प्रतिशत अर्थात् ११ लाख ७ हजार ९७५ कित्ता सेयर स्वामित्व छ । तेस्रो सूचीमा भने मनोहर दास मोलको ४.१४ प्रतिशत अर्थात् १० लाख ८४ हजार ७४८ कित्ता छ ।

यस्तै, साल्ट ट्रेडिङ्ग कर्पोरेशनको ९ लाख १० हजार ९८९ कित्ता, सनराइज बैंकको ८ लाख ६४ हजार २९६ कित्ता, दिव्यमनी राजभण्डारीको ७ लाख ९० हजार ३१४ कित्ता, ओभरसिस ट्रेडिङ कम्पनी प्रालिको ४ लाख ८ हजार ७७६ कित्ता, सुरज वैधको ४ लाख ७७६ कित्ता सेयर स्वामित्व रहेको छ।

यता, शंकर घिमिरेको ३ लाख ८१ हजार ६०६ कित्ता, नरेन्द्र कुमार अग्रवालको ३ लाख ७४ हजार ७२६ कित्ता, अशोक कुमार टोडीको ३ लाख ७४ हजार ६७१ कित्ता, हिमालयन एण्ड कम्पनीको २ लाख ९३ हजार ८६४ कित्ता, भाजुरन्त एण्ड कम्पनीको ३ लाख ९३ हजार ८६३ कित्ता, ज्योति एण्ड कम्पनीको २ लाख ९३ हजार ८६३ कित्ता, रामृष्ण मानन्धरको २ लाख ९३ हजार ८६२ कित्ता र अर्जुनराज श्रेष्ठको २ लाख ६६ हजार ७६ कित्ता सेयर स्वामित्व रहेको छ।


प्रतिक्रिया दिनुहोस्