अन्नपूर्ण केबलकारमा रिलायवल नेपालका अभिकर्ता, कर्मचारी र बीमितलाई ३० प्रतिशत छुट
काठमाडौं । रिलायवल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका ग्राहकले अन्नपूर्ण केबलकारको सुविधामा विशेष छुट प्राप्त गर्ने भएको छ ।
पोखरा अवस्थित अन्नपूर्ण केबलकारमा उपलब्ध हुने सेवा सुविधामा रिलायवल नेपाल लाइफका अभिकर्ता, कर्मचारी र पोलिसी होल्डरस्लाई ३० प्रतिशत विशेष छुट पाउने भएका हुन् ।
उक्त छुट सुविधाका लागि रिलायबल नेपाल लाइफ र अन्नपूर्ण केबलकार बीच भएको दुई पक्षीय समझदारी भएको छ ।
उक्त सम्झौता पत्रमा रिलायबल नेपाल लाइफको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनी र अन्नपूर्ण केबलकारको तर्फबाट संञ्चालक चन्द्र बहादुर कार्कीले समझदारीमा हस्ताक्षर गरेका छन ।