बिहिबार नेप्से १९.१२ अंकले बढ्यो, ६ अर्ब ७० करोडको कारोबार « Arthapath.com
१७ असार २०७८, बिहीबार

बिहिबार नेप्से १९.१२ अंकले बढ्यो, ६ अर्ब ७० करोडको कारोबार



काठमाडौं । साताको अन्तिम दिन आज बिहिबार नेप्सेमा सामान्य करेक्सन भएको छ । केहि दिन यता लगातार ओरालो लागेको नेप्से आज १९.१२ अंकले बढेर २८ सय ४३.०० अंकमा पुगेर बन्द भएको छ ।

आज दिनभर २ सय २४ कम्पनिको ३ करोड २८ लाख ३ हजार ९ सय ३३ कित्ता शेयर ७० हजार १ सय ९८ पटक कारोबार हुदा ६ अर्ब ७० करोड ७ लाख ७५ हजार ४ सय ८४ रुपैँयाको कारोबार भएको छ ।

आज निर्जीवन विमा सहुह बाहेक सबै समुहमा हरियाली छाएको छ । । निर्जिवन बिमा समुह ५.७ अंकले ओरालो लागेको छ । सबैभन्दा बढि डेभलपमेन्ट बैकका लगानिकर्ताले कमाएका छन । आज डेभलपमेन्ट बैक समुह १५२.८३ अंकले बढेको छ भने होटल एण्ड टुरीजम समुह १३८ प्रतिशतले बढेको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्