आजदेखि उपत्यकामा अर्ध–लकडाउन, २५ जनाभन्दा बढी भेला हुन नपाउने, मास्क नलगाए सार्वजनिक सवारी चढ्न निषेध « Arthapath.com
४ माघ २०७८, मंगलवार

आजदेखि उपत्यकामा अर्ध–लकडाउन, २५ जनाभन्दा बढी भेला हुन नपाउने, मास्क नलगाए सार्वजनिक सवारी चढ्न निषेध



काठमाडौँ । देशभर कोरोनाको तेस्रो भेरिएन्ट ज्यादै फैलिएपछि स्थानीय प्रशासन थप कडा बनेको छ । माघ ४ गते राति १२ बजे पछि उपत्यकामा अर्ध लकडाउन गरिएको छ ।

उपत्यकाका ३ ओटै प्रमुख जिल्ला अधिकारीहरूको बैठकले कोरोना भाइरसको सङ्क्रमितको सङ्ख्या दिनानुदिन तीव्र रूपमा बढेकाले नयाँ निर्देशन जारी गरेको हो । 

आज राति १२ बजेदेखि उपत्यकामा २५ जनाभन्दा बढी भेला सभा जुलुस गर्न पाउने छैनन् । सरकारको आदेश अनुसार माघ १५ गतेसम्म सिनेमा हल, जिम खाना, फुटसलसहित सबै भेला तथा भिड हुने कार्य नगर्न निर्देशन गरेको हो । 

https://fra1.digitaloceanspaces.com/appharuspace/arthapath/uploads/2022/01/pdf_notice1.pdf

जिल्ला प्रशासन कार्यालयहरूले २७ बुँदे आदेश जारी गर्दै कुनै पनि सार्वजनिक स्थलमा २५ भन्दा बढी मानिस भेला हुन नपाउने निर्णय गरेको छ । सार्वजनिक सवारी चढ्ने यात्रुले अनिवार्य मास्कको प्रयोग गर्नुपर्ने आदेश दिएको छ । 


प्रतिक्रिया दिनुहोस्