फेरि बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ किनबेच ? « Arthapath.com
१२ बैशाख २०८१, बुधबार

फेरि बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ किनबेच ?



काठमाडौं । सुनको भाउ फेरि बढेको छ । आज नेपाली बजारमा छापावाला सुनको भाउ प्रतितोला ५०० रुपैयाँले बढेको हो ।

अघिल्लो दिन १ लाख ३५ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो । तर, आज बढेर १ लाख ३६ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार तेजावी सुनको भाउ भने १ लाख ३५ हजार ३५० रुपैयाँ तोकिएको छ ।

साताको चौंथो कारोबार दिन चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १० रुपैयाँले बढेर १ हजार ६७० रुपैयाँ कायम भएको छ । मंगलबार भने १ हजार ६६० रुपैयाँमा खरिदबिक्री भएको थियो ।


प्रतिक्रिया दिनुहोस्